
काठमाडौं।बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर (IPO) मा आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ।
कम्पनीले कुल २ अर्ब ८३ करोड रुपैयाँ जारी पूँजीको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ।
त्यसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको हो।
यी बासिन्दाहरूले दिन सक्छन् आवेदन
सो शेयरमा आवेदन दिन सक्ने स्थानहरू:
तनहुँ जिल्ला: बन्दीपुर गाउँपालिकाका सबै वडाहरू
आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरू
भानु नगरपालिका वडा नं. १
गोरखा जिल्ला: पालुङ्गटार नगरपालिका वडा नं. ७
१० देखि २० हजार कित्तासम्म आवेदन दिन सकिने
न्यूनतम आवेदन: १० कित्ता
अधिकतम आवेदन: २० हजार कित्ता
दरखास्त फाराम शुल्क: २ रुपैयाँ
केयर रेटिङबाट “CARE-NP BB” रेटिङ प्राप्त
आईपीओ निष्काशनका लागि CARE Ratings Nepal ले कम्पनीलाई "CARE-NP BB Issuer Rating" प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
आयोजनाको लागत र लगानी फिर्ताको अवधि
आयोजनाको कुल लागत: ३ अर्ब ८५ करोड रुपैयाँ
साधारण लगानी फिर्ता अवधि: ८.२२ वर्ष
डिस्काउन्टेड लगानी फिर्ता अवधि: १०.५ वर्ष
आवेदन दिन सकिने स्थानहरू
बन्दीपुर गाउँपालिका वडा नं. ४ मा रहेको कम्पनीको कार्यालय
आँबुखैरेनी गाउँपालिकाको कार्यालय
भानु नगरपालिका वडा नं. १ को कार्यालय
पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालय
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij