Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

बागमती प्रदेशको मुख्यमन्त्री पदमा  नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ  नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्री पदमा  नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ  नियुक्त

  • मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा  नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ  नियुक्त भएका छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

    सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई  प्रदेश प्रमुख देवकोटाले मंगलबार  मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

    बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकारका लागि दाबी पेस गरेका थिए।  नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ ग्रहण कार्यक्रम आजै अपराह्न ४ बजेका लागि तोकिएको छ। उनले शपथ खाएपछि अन्य विभागीय मन्त्रीहरू नियुक्त गर्ने प्रक्रिया थालिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij