Logo

Aug 06 2025 | २०८२, साउन २१गते

Aug 06 2025 | २०८२, साउन २१गते

images

साताको चौथो दिन बुधबार सुनको मूल्यमा घटेर तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम

साताको चौथो दिन बुधबार सुनको मूल्यमा घटेर तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम

  • काठमाडौँ । साताको चौथो दिन  बुधबार  सुनको  मूल्यमा घटेर  तोलामा   १ लाख ९८ हजार ४ सय रुपैयाँ  कायम  भएको छ ।  साताको चौथो दिन बजारमा सुनको कारोबार मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ भने चाँदी २५ रुपैयाँ बढेको छ। बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    मंगलबार सुन १ हजार ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।चाँदीको कारोबार मूल्य बुधबार तोलाको २ हजार ३ सय ५ रुपैयाँ भएको छ। मंगलबारका तुलनामा २५ रुपैयाँको बढोत्तरीसँगै नयाँ कारोबार मूल्य कायम भएको हो। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढ्दै मंगलबार प्रति तोला २ हजार २ सय ८० रुपैयाँ भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ३३७०.८७ डलर र चाँदी प्रति औंस ३७.८३ डलरले कारोबार भइरहेको छ। एक महिनामा सुनको मूल्यमा प्रति औंस ७०.६१ डलरको बढोत्तरी भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij