Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

दिव्यश्वरी हाइड्रोपावरको बिक्री आम्दानी ११.२२%ले वृद्धि,नोक्सानी घटेर ४५ लाखमा सीमित

दिव्यश्वरी हाइड्रोपावरको बिक्री आम्दानी ११.२२%ले वृद्धि,नोक्सानी घटेर ४५ लाखमा सीमित

  • काठमाडौं ।दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रुपमा घटेको छ।

    अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कम्पनी ३ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा थियो भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको समीक्षा अवधिमा नोक्सानी ४५ लाख रुपैयाँ मात्र रहेको छ। कम्पनीको विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्तीय खर्चमा कमी आएको कारणले नोक्सानी घट्न सफल भएको हो।

    समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.२२ प्रतिशतले बढेर ८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल आम्दानी १०.९५ प्रतिशत र कुल नाफा १४.८४ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, वित्तीय खर्च ३२.१९ प्रतिशतले घटेको छ।

    असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित नाफा २५ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७३ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ३ रुपैयाँ ४० पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij