
काठमाडौँ । राजस्व अनुसन्धान विभागले नयाँ महानिर्देशक आएसँगै सक्रियता बढाएको छ । राजस्व अनुसन्धान विभागमा नयाँ महानिर्देकको रूपमा तीर्थराज चिलुवाल आएसँगै विभागले सक्रियता बढाएको हो । एक महिना महानिर्देशक विहीन बनेको राजस्व अनुसन्धान विभागले नयाँ कमाण्डर पाएसँगै सक्रियता बढाएको हो । एक महिनासम्म राजस्व अनुसन्धान विभागको यार्ड खाली रहेकोमा अहिले विभिन्न सामान लोडेड गाडीहरूले भरीभराउ छ । राजस्व छलीको आशंकामा भन्सार बिन्दुहरूबाट आएका गाडीहरू राजस्व अनुसन्धान विभागको यार्डमा आइरहेका छन् । राजस्व छली रोक्न महानिर्देशक चिलुवालले महातहतका कार्यालयलाई गस्ती बढाउन निर्देशक दिएका छन् ।
आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै विभागले चोरी पैठारी रोक्न मातहतका सबै निकायलाई निर्देशन समेत दिएको छ । चाडपर्वमा अत्याधिक चोरी तस्करी हुने भएकोले सीमा क्षेत्रमा निगरानी बढाउन मातहतका कार्यालयलाई महानिर्देशक चिलुवालले निर्देशन दिएका छन् । विगतमा राजस्व संकलनमा कमी आएको र चोरी पैठारीबाट राजस्व संकलन कम भएको भनी आरोप खेपेको सरकारलाई सघाउन आएका महानिर्देशक चिलुवालका लागि त्यस अनुरुप कार्य प्रदर्शन गर्न पर्ने चुनौती रहेको छ ।
राजस्व र करसम्बन्धी अनुभवी मानिएका चिलुवालले राजस्व अनुसन्धान विभागको कार्यप्रदर्शनमा सुधार ल्याउने गरी काम गरिरहेको बताएका छन् । काममा चुनौती हुनु स्वभाविक भएको बताउँदै चिलुवालले राजस्व चुहावट आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै विभागले चोरी पैठारी रोक्न मातहतका सबै निकायलाई निर्देशन समेत दिएको छ । चाडपर्वमा अत्याधिक चोरी तस्करी हुने भएकोले सीमा क्षेत्रमा निगरानी बढाउन मातहतका कार्यालयलाई महानिर्देशक चिलुवालले निर्देशन दिएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij