Logo

Aug 10 2025 | २०८२, साउन २५गते

Aug 10 2025 | २०८२, साउन २५गते

images

नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशतले बढेर सवा अर्ब बढी

नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशतले बढेर सवा अर्ब बढी

  • काठमाडौं । नागरिक लगानी कोषको नाफा करिब १३ .७१ प्रतिशतले बढेको छ ।कोषले  सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । गत आवमा यस कम्पनीले १ अर्ब २५ करोड ३५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यो कम्पनीको नाफा १ अर्ब १० करोड २४ लाख १० हजार रुपैयाँ रहेको थियो ।

    यो कोषको आम्दानी बढेको र खर्च घटेका कारण खुद नाफा बढ्न गएको देखिन्छ ।  समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.७५ प्रतिशत घटेर ३३ करोड ७४ लाख ३० हजार रुपैयाँ रहेको छ । यसैगरी, सेवा तथा कमिसन आम्दानी १७.१७ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ३५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

    सोही अवधिमा यस कोषको कुल आमदानी ८.९६ प्रतिशत बढेर २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ कायम भएको छ । यता कोषको खर्च ६.७७ प्रतिशत घटेर ४२ करोड ७२ लाख रुपैयाँ कायम भएको छ। गत आवमा यस कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कोषको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कोषको मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ ।

    यसैगरी  प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ। गत आवमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको यस कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij