Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

सिटि होटलको १ अर्ब ३३ करोडभन्दा बढीको हकप्रद निष्काशन तथा गरिमा समृद्धि योजनाको नगद लाभांश सुरक्षित गर्ने अन्तिम मौका

सिटि होटलको १ अर्ब ३३ करोडभन्दा बढीको हकप्रद निष्काशन तथा गरिमा समृद्धि योजनाको नगद लाभांश सुरक्षित गर्ने अन्तिम मौका

  • काठमाडौं । सिटि होटल (CITY) को ८० प्रतिशत हकप्रद शेयर र गरिमा समृद्धि योजनाको ५.१० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। कम्पनी र योजना दुवैले भोलि साउन २७ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनी तथा इकाईधनी मात्र यस सुविधामा सहभागी हुन सक्नेछन्।

    सिटि होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतबराबरको १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डले यस प्रयोजनका लागि साउन ४ गते अनुमति दिएको थियो। हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहनेछ।

    यसैगरी, गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। बुकक्लोज मितिअघि कायम रहने इकाईधनीहरूले मात्र सो लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij