Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

सिद्धार्थ क्यापिटलद्वारा तीन  म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलद्वारा तीन  म्युचुअल फण्डको लाभांश घोषणा

  • काठमाडौँ । सिद्धार्थ क्यापिटलले तीनवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल घोषणा गरेको हो।

    सिद्धार्थ इक्विटी फण्डले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीलाई करसहित २० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबर प्रतिफल वितरण गर्ने घोषणा गरेको  छ ।

    घोषणा अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीलाई करसहित २० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको प्रतिफल दिने भएको छ। यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले करसहित १७ प्रतिशतले हुन आउने १३ करोड ६९ लाख ८६ हजार रुपैयाँ बराबरको प्रतिफल इकाईधनीलाई वितरण गर्नेे छ।सिद्धार्थ क्यापिटल व्यवस्थापक रहेको तीन वटै आयोजना बन्दमुखी प्रकृतिका हुन्। आयोजनाको प्रवर्धक सिद्धार्थ बैंक हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij