Logo

Aug 11 2025 | २०८२, साउन २६गते

Aug 11 2025 | २०८२, साउन २६गते

images

१५ वर्षमा हुलाकी राजमार्गको भौतिक प्रगति ८८ प्रतिशत

१५ वर्षमा हुलाकी राजमार्गको भौतिक प्रगति ८८ प्रतिशत

  • जनकपुरधाम । १५ वर्षमा पूर्वपश्चिम हुलाकी राजमार्गको भौतिक प्रगति ८८ प्रतिशत भएको छ । मधेश प्रदेशको लाइफलाइनको रुपमा रहेको पूर्वपश्चिम हुलाकी राजमार्गमा  धनुषा, महोत्तरी, सिरहा तथा सर्लाही जिल्लाको विभिन्न ठाउँलाई जोड्ने गरी निर्माण भइरहेको जनाइएको हो ।

    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाए अनुसार सो राजमार्गको लागत नेपाल सरकारको ८ अर्ब ५७ करोड ३१ लाख रहेको  छ । कार्यालयका सूचना अधिकारी तथा साइड इन्जिनियर रञ्जितकुमार रायले जानकारी सार्वजनिक गरे अनुसार सो राजमार्गमा ठूलासाना गरी ६१ वटा पुलपुलेसा रहेका छन् । जसमा २२ वटा पुल निर्माण सम्पन्न भएको छ भने कतिपय पुलको काम भइरहेको जनाइएको छ ।

    पूर्व पश्चिम हुलाकी राजमार्गको लम्बाई ४०३.६९ किलोमिटर रहेकोमा त्यसमध्ये ३४४.०५ किलोमिटर सडकमा कालोपत्रे भई सकेको छ । सिरहा, धनुषा, महोत्तरी र सर्लाहीको विभिन्न ठाउँमा निर्माण हुने त्यस प्रकारका १६ वटा रहेका छन् । दक्षिणमा भारतको सीमासँग जोडिएको सो सडक पूर्णरुपमा निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रको अर्थतन्त्रमा थप योगदान पुग्ने स्थानीयहरूको विश्वास छ ।

    हुलाकी सडकबाट हाल  दैनिक ३५ लाख मानिस ओहरदोहर गर्ने गरेका छन् । सो सडक निर्माण गर्दा कतिपय ठाउँमा बाधाअड्चन आउने, खानेपानीको लागि भूमिगत पाइप ओछ्याउँदा सडक भत्काउने, अतिक्रमण गर्ने घर टहरा बनाउने जस्ता कारणले हुलाकी सडक निर्माणमा बाधा अड्चन उत्पन्न हुने गरेको छ । सो सडक आर्थिक वर्ष २०६७/०६८ बाट निर्माण सुरु भई आर्थिक वर्ष २०८३/०८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij