Logo

Aug 11 2025 | २०८२, साउन २६गते

Aug 11 2025 | २०८२, साउन २६गते

images

मन्त्रालयले द्रुतगतिमा काम गर्दा रासायनिक मलसम्बन्धी टेन्डर प्रक्रिया आधा सम्पन्न

मन्त्रालयले द्रुतगतिमा काम गर्दा रासायनिक मलसम्बन्धी टेन्डर प्रक्रिया आधा सम्पन्न

  • काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको आपूर्तिका लागि टेन्डर प्रक्रियालाई द्रुतगतिमा बढाएको देखिएको छ । मन्त्रालयले जनाए  अनुसार चालु आर्थिक वर्षको २० दिनमै निर्धारित लक्ष्यको आधा टेन्डर प्रक्रिया सम्पन्न भइसकेको हो ।

    यो आर्थिक वर्षको लागि कुल ६ लाख मेट्रिक टन मल आपूर्तिको वार्षिक लक्ष्य रहेको छ । यसको लागि २८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ ।

    लक्ष्यअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत युरिया, डिएपी र पोटास मलको आपूर्ति प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।
    साउन २० गतेसम्म युरिया १९ हजार ८३५ मेट्रिक टन र डिएपी ५ हजार ५४८ मेट्रिक टन आपूर्ति भइसकेको छ । यसमध्ये कृषि सामग्री कम्पनीले १८ हजार ५३० मेट्रिक टन र साल्ट ट्रेडिङ्गले ६ हजार ८८३ मेट्रिक टन मल आपूर्ति गरेका छन् ।
    यसैगरी मन्त्रालयले अहिले सम्म मौज्दात अवस्था पनि उल्लेख्य मात्रामा रासायनिक मल रहेको जनाएको छ । मन्त्रालयका अनुसार युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र पोटास ६११ मेट्रिक टन मौज्दात रहेको छ । कुल मौज्दात ३० हजार ९८३ मेट्रिक टन पुगेको मन्त्रालयको हरहिसाबमा देखिन्छ । 
    विगतको तुलनामा यस वर्ष मल आयातको प्रक्रियालाई द्रुत  पारिएको मन्त्रालयले जनाएको छ । हालसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्गमार्फत १ लाख ४० हजार ५०४ मेट्रिक टन मल बिक्री भइसकेको छ । विवरण अनुसार युरिया ३६ हजार ७१६ मेट्रिक टन र डिएपी १ लाख ३ हजार ७८७ मेट्रिक टन रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij