Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढ्यो

हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढ्यो

  • काठमाडौं ।  हिमालयन बैंकले उल्लेखनिय प्रगती गरेको छ ।  बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 


    गत वर्ष बैंकको खुद ब्याज आम्दानी १०.९३ प्रतिशत घटेर १० अर्ब ४५ करोड ६६ लाख ९० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ६१ करोड ७६ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 


    गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १०.८८ प्रतिशत बढेर १ अर्ब १५ करोड १३ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशत घटेर १२ अर्ब ५२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सञ्चालन नाफा ८८.४२ प्रतिशत बढेर ५ अर्ब ४३ करोड ६४ लाख ९२ हजार रुपैयाँ गरेको छ ।  

    समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ र जगेडा कोष ४.४२ प्रतिशत बढेर २३ अर्ब ३५ करोड ९९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । 

    बैंकको निक्षेप संकलन ८.८९ प्रतिशत बढेर ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १.३७ प्रतिशत बढेर २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख ८८ हजार रुपैयाँ गरेको छ । 

    अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८९ करोड ९५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब २३ करोड ९७ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

    बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.२६ रुपैयाँ बढेर ६.९८ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३.९८ गुणा रहेको छ ।

    गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ७.२८ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ४.०६ प्रतिशत छ ।गत वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब ४४ करोड १५ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले केही घटाएको देखिन्छ । 

    समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ र जगेडा कोष ४.४२ प्रतिशत बढेर २३ अर्ब ३५ करोड ९९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन ८.८९ प्रतिशत बढेर ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १.३७ प्रतिशत बढेर २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख ८८ हजार रुपैयाँ गरेको छ । 

    अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८९ करोड ९५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब २३ करोड ९७ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.२६ रुपैयाँ बढेर ६.९८ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३.९८ गुणा रहेको छ ।

    गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ७.२८ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ४.०६ प्रतिशत छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij