
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गरेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल कार्यालयले एक सूचना सार्वजनिक गरी भिजिटर पास वितरण मंगलबारबाट बन्द गरेको जनाएको हो।
सार्वजनिक सूचनामा जनाइएको छ ‘व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, फरक क्षमताका व्यक्ति, गर्भवती एवं नाबालकलाई सहायता कक्षको व्यवस्था गरिएको विदितै छ । ह्विलचेयरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजीकरण भइरहेको छ। चेक इन ब्यागेज संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकाले सोही व्यवस्थालाई पालना गरिदिन हुन अनुरोध छ।’
सार्वजनिक गरिएको उक्त सूचना अनुसार अब उपरान्त यात्रुका आफन्त भिजिटर पास लिएर टर्मिनल भवनभित्र प्रवेश गर्न नपाउने देखिन्छ ।विमानस्थल प्रशासनले यसअघि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत भिजिटर पास वितरण गर्दै आएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij