Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

नबिल बैंकको नाफा १५.०१% वृद्धि, चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ आम्दानी

नबिल बैंकको नाफा १५.०१% वृद्धि, चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ आम्दानी

  • काठमाडौं। नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९ करोड रुपैयाँको तुलनामा १५.०१ प्रतिशतले बढी हो।

    खुद ब्याज आम्दानी सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज घटेका कारण नाफामा उल्लेख्य सुधार आएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा २५.४४ प्रतिशतले उकालो लागेको छ। इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ, जसको प्रत्यक्ष प्रभाव नाफामा देखिएको हो।

    २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्म बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ।

    समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४४ पैसा बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ। आर्थिक वर्षको अन्त्यसम्म बैंकको मूल्य-आम्दानी अनुपात २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij