
काठमाडौँ । सार्वजनिक गरिए अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ७ वाणिज्य बैंकको नाफा करिब साढे २० अर्ब रुपैयाँ रहेको देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवमा ७ वाणिज्य बैंकहरूले गरेको नाफा २० अर्ब ४६ करोड २ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका हुन् ।
साउन २६ गतेसम्म आउँदा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये ७ वाणिज्य बैंकलेमात्र गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती सात बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ९१ करोड २७ लाख ९७ हजार रुपैयाँमात्र नाफा कमाएका थिए ।
सार्वजनिक वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक एभरेस्ट बैंक रहेको छ । गत आवमा यस बैंकले ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिसम्म यस बैंकको वितरणयोग्य नाफा पनि ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा एभरेस्टको प्रति सेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा र प्रति सेयर आम्दानी ३७ रुपैयाँ ९९ पैसा रहेको छ । यस बैंकको गत आवको नाफाबाट लाभांश बाँड्न सक्ने क्षमता ३८ .२७ प्रतिशत पैसा रहेको छ । गत आवमा बैंकको निष्क्रिय कर्जा ०.३८ प्रतिशत रहेको छ ।
यसैगरी, वित्तीय विवरण सार्वजनिक गर्ने बैंक मध्ये सबैभन्दा धेरै नाफा कमाउने दोस्रो बैंक कृषि विकास बैंक रहेको छ । यस अवधिसम्म ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । प्रति सेयर नेटवर्क २४१ रुपैयाँ ०४ पैसा र प्रति सेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको छ । बैंकले गत आवको नाफाबाट लाभांश क्षमता (सम्भावित) १५ .५८ प्रतिशत रहेको छ । गत आवको अन्यसम्म बैंकको निष्क्रिय कर्जा ३.२६ प्रतिशत रहेको छ ।
सिद्धार्थ बैंक ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । यस बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ रहेको छ। प्रति सेयर नेटवर्क २१९ रुपैयाँ ९७ पैसा रहेको यस बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ १० पैसा रहेको छ । बैंकको लाभांश क्षमता (सम्भावित) १३.२२ प्रतिशत रहेको छ । गत आवमा यस बैंकको निष्क्रिय कर्जा २.६२ प्रतिशत रहेको छ ।
गत आवमा कुमारी बैंक २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । यस बैंकको वितरण योग्य नाफा भने ऋणात्मक रहेको छ । बैंकले गत आवबाट लाभांश दिने क्षमता पनि ऋणात्मक रहेको छ । प्रति सेयर नेटवर्क १४२ रुपैयाँ १९ पैसा र प्रति सेयर आम्दानी ८ रुपैयाँ ०७ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा ६.४२ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंक २ अर्ब १४ लाख ६१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिसम्म यस बैंकको वितरण योग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । यस बैंकको प्रति सेयर नेटवर्क १६३ रुपैयाँ ८० पैसा र प्रति सेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा रहेको छ । बैंकको लाभांश क्षमता (सम्भावित) ९.२३ प्रतिशत रहेको छ । बैंकको गत आवसम्मको निष्क्रिय कर्जा ३ रुपैयाँ ८३ पैसामात्र रहेको छ ।
गत आवमा सानिमा बैंकको नाफा २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यस अवधिसम्मको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्क १६८ रुपैयाँ ८३ पैसा र प्रति सेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा रहेको छ । गत आवको नाफाबाट बैंकको लाभांश क्षमता (सम्भावित) २०.४७ प्रतिशत रहेको छ । यो अवधिसम्म यस बैंकको निष्क्रिय कर्जा ३.०१ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij