Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको नाफा गत वर्षको तुलनामा करिब १२ करोड बढी

हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको नाफा गत वर्षको तुलनामा करिब १२ करोड बढी

  • काठमाडौँ । गोल्छा समूहको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको नाफा गत वर्षको तुलनामा करिब १२ करोड बढी भएको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरिए अनुसार फिनसर्भ हायर पर्चेज कम्पनीको नाफा करिब १२ करोड बढी भएको हो । यो अवधिसम्म आउँदा यस कम्पनीले खुद नाफा १२१.८७ प्रतिशतले बढेर गत आर्थिक वर्षमा यस कम्पनीले २१ करोड ७८ लाख रुपैयाँभन्दा खुद नाफा आर्जन गरेको देखिन्छ ।

    यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ९ करोड ८१ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो । हायर पर्चेच (सवारी साधनका लागि दिइने) कर्जामा लगानी बढेसँगै कम्पनीको खुद नाफा बढेको हो । लगानी बढेसँगै कम्पनीले प्राप्त गर्ने खुद ब्याज आम्दानी पनि बढेको छ ।

    कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब २ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले ३ अर्ब ३३ करोड कर्जा प्रवाह गरी १३ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

    कम्पनीको खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन नाफा र खुद सञ्चालन नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३२ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको खुद सञ्चालन नाफा गत आर्थिक वर्षमा ६२ करोड ४० लाख रुपैयाँभन्दा बढी छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी २६.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९.६३ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.२७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.६१ रुपैयाँ थियो । कम्पनीले आईपीओ निष्कासनसमेत गर्न लागेको छ ।

    यो कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ । आईपीओ लागि यस कम्पनीले निष्कासनका तथा बिक्री प्रबन्धकको लागि एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । शेखर गोल्छा अध्यक्ष रहेको कम्पनीले नेपाल राष्ट्र बैंकबाट गैर बैंकिङ  कम्पनीको इजाजत लिएर हायर पर्चेज कर्जा दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij