Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

शेयर बजार : नेप्से परिसूचक २४.७१ अंकले घटेर २७९७.७४ बिन्दुमा, करिब ७ अर्ब रुपैयाँको कारोबार

शेयर बजार : नेप्से परिसूचक २४.७१ अंकले घटेर २७९७.७४ बिन्दुमा, करिब ७ अर्ब रुपैयाँको कारोबार

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (साउन २८ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से २४.७१ अंकले घटेर २७९७.७४ विन्दुमा पुगेर बन्द भएको हो, जसले बजारमा ०.८७ प्रतिशतको गिरावट देखाएको छ।

    आज कूल ६ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका ३२३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच भएका छन् भने कूल ७८ हजार २२६ कारोबार सम्पन्न भएका छन्।

    आज २४ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने २२५ कम्पनीका सेयर घटेका छन्। १ कम्पनीको मूल्य भने यथावत् छ।

    उल्लेखनीय बढ्ने कम्पनीहरू

    • सिटी होटल (CITY) — ९.९९% वृद्धि, बन्द मूल्य रु ६३६.२०

    • समता माइक्रोफाइनान्स (SAMAJ) — ४.३४% वृद्धि, बन्द मूल्य रु २७९२.६३

    • हिमालयन बैंक डिबेन्चर २०८६ (HBLD86) — ४.००% वृद्धि, बन्द मूल्य रु ११३८.९६

    उच्च कारोबार गर्ने कम्पनीहरू

    • नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (NRIC) — रु २ अर्ब ६७ करोड ७५ लाख भन्दा बढी

    • हिमालयन रिइन्स्योरेन्स लिमिटेड (HRL) — रु २ अर्ब ३९ करोड ६८ लाख भन्दा बढी

    • लक्ष्मी बैंक लिमिटेड (LBL) — रु २ अर्ब २ करोड ६४ लाख भन्दा बढी

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij