Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

रोकिएन ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको चोरी तस्करी, अग्रवाल बाउछोराको वीरगञ्जदेखि काठमाडौँसम्म मौलाउँदो ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको कारोबार, के हेर्दै छ अनुसन्धान विभाग?

रोकिएन ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको चोरी तस्करी, अग्रवाल बाउछोराको वीरगञ्जदेखि काठमाडौँसम्म मौलाउँदो ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको कारोबार, के हेर्दै छ अनुसन्धान विभाग?

  • वीरगञ्ज /काठमाडौँ । नेपालीहरूको प्रमुख चाडहरू नजिकिएसँगै ड्राइफ्रुट्स र मसलाजन्यवस्तुहरूको चोरी तस्करी तीव्र भएको छ । मुख्यतया दक्षिणी सीमा क्षेत्रबाट ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको चोरी तस्करी  तीव्र भएको हो । नेपाल भारतबीच साढे १७ सय किलोमिटर लामो खुला सीमा क्षेत्रको फाइदा उठाउँदै ड्राईफ्रुट्स र मसला र अन्य मालवस्तुहरूको चोरी तस्करी बढेको व्यापारीहरूकै भनाइ छ ।

    चाडवाडमा अत्याधिक ड्राईफ्रुट्स र मसलाजन्य वस्तुको कारोबार हुने भएपछि अहिले मुख्यतः पर्साको वीरगञ्जलगायतका खुला सीमा नाका, बाराका विभिन्न खुला नाका, सर्लाहीका विभिन्न खुला सीमा क्षेत्र ,महोत्तरीका विभिन्न खुला नाका, सिराहाका विभिन्न खुला सीमा क्षेत्र  , रुपन्देही, कपिलवस्तु, बाँकेलगायतका सीमावर्ती जिल्लाका विभिन्न खुला सीमा नाकाहरूबाट  ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको चोरी तस्करी हुने गरेको  स्वय्म ड्राईफ्रुट्सका व्यापारीहरू नै बताउँछन् । खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी भएर ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरू प्रहरी र  राजस्व अनुसन्धान विभागले पक्राउ गरिएपनि ड्राईफ्रुट्सको अवैध चोरी तस्करी झनै्  मौलाएको छ ।

    केही दिन अगाडि काठमाडौँको कुलेश्वर क्षेत्रबाट प्रहरीले चारसय केजी भन्दा बढी अवैध  काजु  पक्राउ गरेको थियो । उक्त काजुको बिल बीजक नभएको काठमाडौँ प्रहरीले बताएको छ । नेपालमा लिगलबाट छोकडा आउँदैन् । तर पनि नेपाली बजारमा जताततै छोकडा पाइन्छ । मरिचलगायतका मसलाजन्य वस्तुहरूको कुनै कमी छैन् ।  विश्वमा पाउने  ड्राईफ्रुट्सका आइटमहरू र मसलाजन्य वस्तुका आइटमहरू नेपाली बजारमा यत्रतत्र पाइन्छ । कतिपय  ड्राईफ्रुट्सका आइटमहरू लिगली ल्याउन पाइन्छ भने कतिपय आइटमहरू निश्चित सरकारी प्रक्रिया पु¥याएर आयात गर्न पाइन्छ । नेपाली बजारमा अहिले अवैध र चोरी तस्करीको माध्यमबाट आएका ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको खुलमखुला कारोबार भइरहेको छ । तर सम्बन्धित निकाय यसलाई रोक्न खासै चासो दिँदैन् ।

    अग्रवाल बाउछोराको वीरगञ्जदेखि काठमाडौँसम्म मौलाउँदो ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको अवैध कारोबार:

     ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको ठुलो कारोबार गर्ने वीरगञ्जको आदर्श नगरमा रहेको जेजे एग्जिम प्रालि र काठमाडौँको कीर्तिपुरस्थित टौदहमा रहेको  आदित्य इन्टरनेशनल बाबु जयप्रकाश अग्रवाल र छोरा शिवम् अग्रवालले सञ्चालन गर्दै आएका छन् । यी दुवै कम्पनीले वीरगञ्ज र काठमाडौँबाट देशैभरि   ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको  ठुलो कारोबार गर्दै आएका छन् । यी दुवै कम्पनीले काजु किसमिस छोकडा, बदाम , तथा अन्य  ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको ठुलो कारोबार गर्दछन् ।

    यी दुवै कम्पनीले चोरी तस्करी र अवैध तरिकाले ल्याइएका सामान बिक्री गर्ने र लिगल तरिकाले आयात गरिएका मालवस्तुको करोडौँ रुपैयाँको स्टक देखाएर  अवैध कारोबार गरिरहेको स्वयम् ड्राईफ्रुट्सका व्यापारीहरू नयाँ सडकलाई बताएका छन् । विगत लामो समयदेखि  ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको कारोबार गर्दै आएका अग्रवालद्वयले पछिल्लो समय ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको आयात र बिक्री वितरणमा साम्राज्य नै खडा गरेका छन् । चाडवाड नजिकिदैँ गर्दा मौलाएको ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरूको चोरी तस्करी  राजस्व अनुसन्धान विभागमा महानिर्देशक नभएको बेला (असार १४देखि साउन १५सम्म) अत्याधिक बढेको व्यापारीहरूकै भनाइ छ । यो बीचमा अग्रवाल बाउछोराले सेटिङमा ड्राईफ्रुट्स र मसलाजन्य वस्तुहरू ल्याएको र वीरगञ्ज र काठमाडौँका ठाउँ ठाउँमा गोदाम गरेर राखेको बताइन्छ ।
    यो पनि पढ्नुहोस्:

    जेजे एग्जिम र आदित्य इन्टरनेशनलका सञ्चालक जयप्रकाश र शिवम् अग्रवालको डरलाग्दो धन्दा, सेटिङमै गर्छन् ड्राइफ्रुट्स र मसलाजन्यवस्तुको अवैध कारोबार, सम्बन्धित निकाय मौन

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij