Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा ३६२ प्रतिशतले वृद्धि, आम्दानी र खर्चमा सकारात्मक सुधार

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा ३६२ प्रतिशतले वृद्धि, आम्दानी र खर्चमा सकारात्मक सुधार

  • काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि देखाएको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षकै सोही अवधिको तुलनामा ३६२.४९ प्रतिशतले बढी हो।

    समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.४६ प्रतिशत र कुल आम्दानी ४७.२१ प्रतिशतले बढेको छ भने कुल खर्च १४.५५ प्रतिशतले घटेको छ, जसले नाफामा उल्लेखनीय वृद्धि गर्न मद्दत गरेको छ।

    कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ। गत असार मसान्तसम्म कम्पनीको मूल्य आम्दानी अनुपात १०४.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा रहेको छ।

    ७० करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको अन्य इक्विटी ६ करोड ३२ लाख रुपैयाँ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij