Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

२५ दिने भाकामा राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्दै

२५ दिने भाकामा राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्दै

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ ।बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले साउन २८ गते २५ दिने भाकामा राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।  राष्ट्र बैंकले २५ दिन अवधिका लागि उठाउन लागेको २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ २२ गते फिर्ता पाउने जनाएको छ । 

    ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

    बहुब्याजदरमा बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij