
काठमाडौँ ।पूँजी बजारका पाँच प्रमुख लगानीकर्ता संघसंगठनले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) सम्बन्धी निर्देशिकाको मस्यौदा तत्काल स्वीकृत गर्न आग्रह गरेका छन्। उनीहरूले यसलाई पूँजी बजारलाई पारदर्शी, स्थिर र विश्वसनीय बनाउने ’दूरदर्शी’ कदमका रूपमा स्वागत गरेका छन्।
संघसंगठनहरूले दोस्रो बजारमा केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीको मिलेमतोमा एउटै आईजीन नम्बरको गलत प्रयोग गरी, संस्थापक शेयर लकइन अवधि नखुल्दै उच्च मूल्यमा बिक्री गर्ने दुरुपयोग भइरहेको आरोप लगाएका छन्। यस्तो क्रियाकलाप रोक्न दुईवटा आईजीन नम्बर प्रयोग गर्नुपर्ने उनीहरूको माग छ।
यस्तै, नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीको आईपीओ वा हकप्रद स्वीकृत गर्नु अघि सुशासन, जोखिम वहन क्षमता, पारदर्शिता, व्यवस्थापन क्षमता र व्यवसायिक योजनाको अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन्।
विज्ञप्ति जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ, र नेपाल सेयर बजार लगानीकर्ता संघले संयुक्त रूपमा जारी गरेका हुन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij