Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

सानिमा मिडिल तमोरको खुद नाफा २० लाखबाट ४० करोड नाघ्यो,विद्युत बिक्री आम्दानी ४५९% ले उछाल

सानिमा मिडिल तमोरको खुद नाफा २० लाखबाट ४० करोड नाघ्यो,विद्युत बिक्री आम्दानी ४५९% ले उछाल

  • काठमाडौँ ।सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा करिब २ अर्ब रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५९.८० प्रतिशत बढी हो।
    अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीको विद्युत आम्दानी ३५ करोड २४ लाख रुपैयाँ मात्र थियो।
    आम्दानीमा उल्लेख्य वृद्धि भएसँगै कम्पनीको खुद नाफा पनि २० लाख ७५ हजार रुपैयाँबाट बढेर ४० करोड ५५ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) ६ पैसाबाट १२ रुपैयाँ १७ पैसा पुगेको छ।
    ३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३३ करोड २५ लाख रुपैयाँ छ। आर्थिक वर्षको अन्त्यसम्म प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ३ पैसा र मूल्य–आम्दानी अनुपात ४२.५२ गुणा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij