Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

छ्याङ्दी हाइड्रोपावरको नोक्सानी ५ करोड ३७ लाखबाट ४ करोड ९७ लाखमा झर्यो

छ्याङ्दी हाइड्रोपावरको नोक्सानी ५ करोड ३७ लाखबाट ४ करोड ९७ लाखमा झर्यो

  • काठमाडौँ ।छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ, जसअनुसार कम्पनीको नोक्सानी अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा ५ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी, गत वर्षको अन्त्यसम्ममा ४ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा सीमित भएको हो।

    यो सुधार विद्युत बिक्री आम्दानी वृद्धि र वित्तीय खर्च घटेकै कारण भएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९ करोड ९७ लाख रुपैयाँबाट बढेर १४ करोड १ लाख रुपैयाँ पुगेको छ। कुल नाफा पनि ८ करोड ३ लाख रुपैयाँबाट बढेर १० करोड ८८ लाख रुपैयाँ भएको छ।

    यस अवधिमा वित्तीय खर्च १० करोड ३६ लाख रुपैयाँबाट घटेर ९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। ३८ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग २० करोड ६९ लाख रुपैयाँ ऋणात्मक छ। गत असार मसान्तसम्म प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा ऋणात्मक रहे पनि प्रतिशेयर नेटवर्थ ५१ रुपैयाँ ४२ पैसा कायम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij