Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

नेप्से सूचक गणनामा ‘ह्युमन इरर’ को खुलासा, साना त्रुटिले पनि दोस्रो बजारको मूल्य निर्धारणमा प्रभाव

नेप्से सूचक गणनामा ‘ह्युमन इरर’ को खुलासा, साना त्रुटिले पनि दोस्रो बजारको मूल्य निर्धारणमा प्रभाव

  • काठमाडौँ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०८१ चैत ७ गतेदेखि अन्तिम १५ मिनेटको भरित औसत मूल्यका आधारमा सूचक गणना सुरु गरेको थियो। सोही दिनदेखि कम्पनीहरूको क्लोजिङ प्राइस पनि यही आधारमा तय गर्न थालिएको हो।

    तर, सूचक गणनामा सुरुदेखि नै लगानीकर्ताले विश्वासनीयता सम्बन्धी प्रश्न उठाउँदै आएका छन्। साउन १२ गते त ठूलो विवाद समेत भयो—पहिले सूचक दुई अंकले घटेको देखिएकोमा पछि नेप्सेले प्राविधिक गडबडी भएको भन्दै सच्याउँदा सूचक ७.१० अंकले बढेको थियो।

    अनुसन्धानमा थाहा भएको कुरा के हो भने, नेप्सेले औसत मूल्य निकाल्न स्वचालित सफ्टवेयर प्रयोग नगरी, कर्मचारीले नै एक्सेलमा डाटा डाउनलोड गरेर हातैले गणना गर्ने गर्दछ। यस क्रममा ‘ह्युमन इरर’ हुने सम्भावना रहन्छ। नेप्सेका एक अधिकारीका अनुसार सफ्टवेयर नहुँदासम्म यस्तो त्रुटि दोहोरिन सक्नेछ।

    लगानीकर्ताले भने गणना गर्ने प्रणालीमै परिवर्तन भएको शंका व्यक्त गरेका छन्। टिएमएसमा रियल टाइम डाटा भए पनि वेबसाइटमा कम्तीमा एक मिनेटपछि मात्र देखिन्छ, तर औसत मूल्य अपडेट हुन १० मिनेटदेखि आधा घण्टासम्म लाग्ने गरेको छ, जसले कर्मचारीद्वारा म्यानुअल प्रशोधन भइरहेको संकेत गर्छ।

    दैनिक अर्बौंको कारोबार हुने बजारमा प्राविधिक युगमा पनि म्यानुअल हिसाब–किताब गर्नु सामान्य नठानिँदै, यसले दोस्रो बजारमा मूल्य निर्धारणमा साना तर महत्वपूर्ण असर पारिरहेको लगानीकर्ताहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij