Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

कुथेली बुखरी स्मल हाइड्रोको नाफा ४३% ले घट्यो,प्रतिशेयर आम्दानी र नेटवर्थ पनि घटे

कुथेली बुखरी स्मल हाइड्रोको नाफा ४३% ले घट्यो,प्रतिशेयर आम्दानी र नेटवर्थ पनि घटे

  • काठमाडौँ ।कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ४३.२८ प्रतिशत घटेको छ।
    अघिल्लो आर्थिक वर्षमा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्षमा ८९ लाख ३८ हजार रुपैयाँ मात्र नाफा कमायो।

    यो गिरावट विद्युत बिक्री आम्दानी घट्नु र खर्च बढ्नुका कारण भएको हो। समीक्षा अवधिमा आम्दानी ७.८० प्रतिशत घटेर ३ करोड ११ लाख रुपैयाँमा सीमित रह्यो। कुल नाफा ६.०३ प्रतिशत र सञ्चालन नाफा ३.९९ प्रतिशतले घट्यो भने ह्रासकट्टी खर्च ३२४.८२ प्रतिशतले उछालियो।

    नाफासँगै प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ २६ पैसा घटेर ६ रुपैयाँ ६७ पैसा मात्र रह्यो। गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य–आम्दानी अनुपात २८६.४६ गुणा रह्यो।
    १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij