
काठमाडौं । लक्ष्मी सनराइजले उल्लेखिए प्रगति गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ४०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ९२ करोड ३ लाख ७९ हजार खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशत घटेर ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १२ अर्ब ३६ करोड ३८ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १० प्रतिशत बढेर २ अर्ब १८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत घटेर १४ अर्ब ६८ करोड ४६ लाख ३ हजार रुपैयाँ र सञ्चालन नाफा ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख ७२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १२.३४ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोड १६ लाख ७५ हजार रुपैयाँ थियो ।
बैंकको चुक्ता पुँजी ५ प्रतिशत बढेर २४ अर्ब ३४ करोड ६५ लाख १२ हजार रुपैयाँ र जगेडा कोषमा १८ अर्ब ८ करोड ७१ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्ममा बैंकको निक्षेप ११.५९ प्रतिशत बढेर ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ र कर्जा लगानी ११.१७ प्रतिशत बढेर २ खर्ब ७५ अर्ब करोड १ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष बैंकले ३ खर्ब २८ अर्ब ९३ करोड १५ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब ४० करोड ८१ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७७.१५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८१. प्रतिशत थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ बढेर १६.९१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १४.१३ गुणा छ ।अघिल्लो वर्ष ४.६३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.२५ प्रतिशत पुगेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij