Logo

Aug 14 2025 | २०८२, साउन २९गते

Aug 14 2025 | २०८२, साउन २९गते

images

नेपाल एसबिआई बैंकको नाफा घट्यो,लाभांश वितरण क्षमता ११.२९ प्रतिशत

नेपाल एसबिआई बैंकको नाफा घट्यो,लाभांश वितरण क्षमता ११.२९ प्रतिशत

  • काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा घटेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले १ अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 


    अघिल्लो वर्ष १.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.३५ प्रतिशत पुगेको छ । जसकारण बैंकको नाफा घट्न पुगेको देखिन्छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत बढेर ५ अर्ब २६ करोड २३ लाख ११ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७ करोड ३५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ७.५४ प्रतिशत बढेर १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.९० प्रतिशत बढेर ६ अर्ब ७८ करोड ८३ लाख ४१ हजार रुपैयाँ र सञ्चालन नाफा ३.६१ प्रतिशत घटेर २ अर्ब ७३ करोड ३७ लाख ९२ हजार रुपैयाँ रहेको छ । 

    गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २३ करोड ३ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ११.२९ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड १६ लाख ४१ हजार रुपैयाँ थियो ।


    १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ८ अर्ब ४२ करोड ५६ लाख ६१ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकको निक्षेप २३.७२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख ४३ हजार रुपैयाँ र कर्जा लगानी ७.१३ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ९६ करोड ५७ लाख ३३ हजार रुपैयाँ पुगेको छ । 

    अघिल्लो वर्ष बैंकले १ खर्ब ७५ अर्ब ५१ करोड ४८ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९७ करोड ९१ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

    बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७०.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७४.३५ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १६.५४ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष १८.३५ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ १८८.५९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २६.६० गुणा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij