Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाङ, सहकारी ठगी र साइबर अपराध बढ्दै

काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाङ, सहकारी ठगी र साइबर अपराध बढ्दै

  • काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् ।

    सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् । आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij