Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

बिहीबार सुनको मूल्य १ लाख ९६,८०० र चाँदी २,३४० रुपैयाँमा कारोबार

बिहीबार सुनको मूल्य १ लाख ९६,८०० र चाँदी २,३४० रुपैयाँमा कारोबार

  • काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा हल्का वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन बुधबार यो मूल्य एक लाख ९६ हजार ७०० रुपैयाँमा थियो।

    चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा पुगेको छ। बुधबार चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij