
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा पनि लसुनको आयात वृद्धि भई तीनसय प्रतिशत बढी भएको देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार लसुनको आयात गत आवमा ३०३.५९ प्रतितशतले बढेको हो ।यसले कृषिजन्य वस्तुमा आत्मनिर्भर हुन लसुन उत्पादनको क्षेत्र पनि ठुलो सम्भावनाको क्षेत्र बाँकी रहेको जनाउँद छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्ब ७५ करोड ४० लाख २८ हजार रुपैयाँको लसुन आयात भएको छ । सो रकमबाट ५ करोड १२ लाख ५५ हजार ९४८ किलोग्राम लसुन आयात गरिएको देखिन्छ । गत आवमा लसुन आयातबाट विभागले १ अर्ब ७४ करोड २६ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो आव २०८०/८१ मा २ अर्ब २२ करोड ५२ लाख ८८ हजार रुपैयाँको लसुन आयात गरिएको थियो । त्यतिखेर १ करोड ७० लाख ४१ हजार २३३ किलोग्राम लसुन आयात गरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ११ करोड २६ लाख २० हजार रुपैयाँ बराबरको लसुन आयात गरिएको थियो । त्यतिखेर ९० लाख ९३ हजार ५९६ किलोग्राम लसुन आयात भएको थियो । त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५ करोड ३५ लाख ५६ हजार रुपैयाँमा ९१ लाख ४० हजार ८७५ किलोग्राम र आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ५ करोड ९६ लाख ६८ हजार रुपैयाँमा १ करोड ६० हजार ७०० किलोग्राम लसुन आयात भएको थियो ।
लसुन आयातमा ठूलो हिस्सा चीनको रहेको छ । गत वर्ष चीनबाट मात्रै ६ अर्ब ६९ करोड ९९ लाख ६२ हजार रुपैयाँमा ५ करोड ७ लाख ९३ लाख ६६७ किलोग्राम लसुन आयात भएको छ । भारतबाट ५ करोड ४० लाख ६६ हजार रुपैयाँमा ४ लाख ६२ हजार २८१ किलोग्राम मात्र लसुन आयात भएको हो । नेपाल र भारतमा फल्ने लसुनको तुलनामा चाइनिज लसुनको पोटी ठूलो हुने गर्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij