Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्कमा १८.८४ प्रतिशतको वृद्धि, रकम ४० अर्ब ११ करोडबाट बढेर ४७ अर्ब ६६ करोड

नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्कमा १८.८४ प्रतिशतको वृद्धि, रकम ४० अर्ब ११ करोडबाट बढेर ४७ अर्ब ६६ करोड

  • काठमाडौँ ।नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.८४ प्रतिशतले बढेको छ।

    अघिल्लो वर्ष ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष सो रकम बढाएर ४७ अर्ब ६६ करोड रुपैयाँ पुर्‍याएको हो। बीमाशुल्क वृद्धिसँगै कम्पनीको कुल आम्दानी पनि १५.४३ प्रतिशतले बढेको छ।

    वित्तीय सूचकांक हेर्दा, समीक्षा अवधिमा कम्पनीको खुद नाफा १७.३७ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै प्रतिशेयर आम्दानी (EPS) ४२ पैसा बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ११५.६८ गुणा रहेको छ।

    नेपाल लाइफको चुक्ता पूँजी ९ अर्ब २ करोड रुपैयाँ रहेको छ। साथै, महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij