Logo

Aug 15 2025 | २०८२, साउन ३०गते

Aug 15 2025 | २०८२, साउन ३०गते

images

गत आवमा वाणिज्य बैंकहरूको कुल नाफा साढे ७१ अर्ब बढी

गत आवमा वाणिज्य बैंकहरूको कुल नाफा साढे ७१ अर्ब बढी

  • काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले साढे  ७१ अर्ब बढी नाफा आर्जन गरेका छन् ।अघिल्लो वर्षको तुलनामा ती बैंकहरूको नाफा ४३.३९ प्रतिशशतले वृद्धि भई  ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ नाफा भएको  हो ।अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४९ अर्ब ८७ करोड १३ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

    बैंकहरुले प्रकाशित गरेको लेखापरीक्षण अघिको विवरण अनुसार गत आवको असार मसान्तसम्म ४ वटा बैंकको नाफा घटेको छ ।  बाँकी १६ वटा बैंकको नाफा बढेको छ । नाफा घटाउने बैंकमा स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंक रहेका छन् । बाँकी सबै बैंकको नाफा बढेको छ । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ भने एनआईसी एशिया बैंक अन्तिम स्थानमा छ ।

    नबिल बैंकले गत आवको असार मसान्तसम्म ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १५.०१ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार नाफा कमाएको थियो ।

    यस्तै सबैभन्दा कम एनआईसी एशिया बैंकको  १६ करोड १५ लाख ७३ हजार नाफा छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.९७ प्रतिशतले घटी हो ।

    धेरै नाफा कमाएको नबिल बैंक पछिको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा अघिल्लोे आवको सोही अवधिको तुलनामा गत आवको असार मसान्तसम्म ६४.४४ प्रतिशतले वृद्धि भई ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार पुगेको छ ।  

    असार मसान्तसम्म प्रभु बैंकको नाफा ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रहेको छ । यस्तै एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार, कृषि विकास बैंकको नाफा ४३.३८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार, लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार, प्राइम बैंकको १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    सोही गरी  राष्ट्रिय वाणिज्य बैंकको ४९.५३ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार, नेपाल बैंकको १३ हजार १८४ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार, सिद्धार्थ बैंकको १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार, एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

    यस्तै सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार, कुमारी बैंकको ४५ हजार ८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार, माछापुच्छे« बैंकको नाफा ९२.४५प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार, हिमालयन बैंकको नाफा २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

    असार मसान्तसम्म स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशतले घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार, नेपाल एसबिआई बैंकको नाफा ९.८६प्रतिशतले घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार, सिटिजन्स बैंकको नाफा २.०८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij