
काठमाडौँ । कथा वाचिका मानसी शर्माद्वारा वाचन हुँदै आएको दोस्रो नानी बाई मायरा कथा वाचन शुक्रबार सम्पन्न भएको छ । काठमाडौँ नयाँ सडकस्थित मारवाडी सेवा समितिमा साउन २८गतेदेखि ३० गतेसम्म आयोजना गरिएको दोस्रो नानी बाई मायरा कथा वाचन शुक्रबार सम्पन्न भएको हो।
कथा वाचिका मानसी शर्माद्वारा कथा वाचनको उक्त कार्यक्रमको आयोजना मानव सेवा संस्थान ट्रस्ट उदयपुर राजस्थान एवं समस्त काठमाडौँबासीको सहयोग र समर्थनमा गरिएको थियो ।काठमाडौँ नेपालको न्यूरोड स्थित मारवाड़ी सेवा समितिको प्राङ्गणमा तारिख १३ अगस्टदेखि १५ अगस्ट २०२५ दिउँसो ३ बजेदेखिे ६ बजेसम्म भक्त र भगवानको परीक्षाको सत्यकथाको अमर कथा नानी बाई मायराको कथा वाचन देवी मानसी शर्माद्वारा गरिएको थियो ।
समापन कार्यक्रममा मारवाडी सेवा समितिका पदाधिकारी , निर्वतमान पदाधिकारी, उद्योगी व्यवसायीलगायत गन्यमान्य व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा सहभागी एक व्यक्तिका अनुसार भारत बिहार राज्यको दुर्गा दरबार मोजे चौक रक्सौलमा जन्मेकी कथा वाचिका मानसी २ वर्षको उमेरदेखि नै शास्त्रीय भक्तिमय नृत्य गर्दै पछि श्याम बाबाका भजनहरूको गायन गर्दै आएकी छिन् । कथा वाचिका मानसी शर्मा भारत नेपालका कतिपय विभिन्न विभूतिहरूद्वारा सम्मानित भइसकेकी छिन् । भारतका प्रधानमंत्री नरेंद्र मोदी , गृहमंत्री अमित शाह, लोकसभा अध्यक्ष ओम बिरला , रेल मंत्री अश्विन वैष्णव , पूर्व पर्यावरण मंत्री प्रकाश जावेडकर , पूर्वमहिला एवं बाल विकास मंत्री स्मृति ईरानी , भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी , पूर्व विदेश मंत्री सुषमा स्वराज , पूर्व सेना अध्यक्ष जनरल विक्रम सिंह, पूर्व महिला एवं विकास मंत्री मेनका गांधी, पूर्व सामाजिक न्याय एवं अधिकारिता मंत्री थावरचंद गहलोत, बिहारका मुख्यमंत्री नीतीश कुमार, सांसद संजय जयसवाल, नेपालका राष्ट्रपति रामचंद्र पौडेल, पूर्व राष्ट्रपति डॉक्टर रामवरन यादव , उपराष्ट्रपति परमानंद झा, नेपालका पूर्व प्रधानमंत्रीहरूमा सूर्य बहादुर थापा , पुष्प कमल दहल प्रचंड , माधव कुमार नेपाल, झलनाथ खनाल , शेर बहादुर देउवा, पूर्व आर्मी चीफ क्षत्रमान सिंह गुरुंग, रुक्मांडगद कटवाल, अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, मह जोड़ीलगायतका नेपाली वरिष्ठ कलाकारहरूद्वारा कथा वाचिका मानसी शर्मा सम्मानित भइसकेको जनाइएको छ । यसैगरी भारतीय फिल्म जगतका वरिष्ठ अभिनेता अभिनेत्रीहरूमा विनोद खन्ना, रजा मुराद, गोविंदा, जैकी श्रॉफ गुलशन ग्रोवर मनीषा कोइराला जीनत अमन ,रवीना टंडन अनुपम खेर निर्देशक प्रकाश झा र भारतका प्रसिद्ध संतों गुरुहरूमा ं महामंडलेश्वर शरणानंद , चदानंद सरस्वती, योग गुरु स्वामी रामदेव , आचार्य शिरोमणि बालकृष्ण , मोरारी बापू , रिलायंस कंपनीका गुरु रमेश भाई ओझा , रविशंकर ,देवकीनंदन , कौशिक , श्रेया भारती , देवी ऋतंभरा , कृष्ण शास्त्री , सदानंदबाट पनि मानसी शर्मा सम्मानित भएको जनाइएको छ । यसैगरी नेपालका संत गुरुहरूमा पशुपतिनाथ मंदिर महंत आचार्य राम गुरु, भारतका हास्य कलाकार कपिल शर्मा , भारती , कृष्ण , सुदेशलगायतबाट पनि सम्मनित मानसी शर्माले भारतका प्रसिद्ध संगीतज्ञ विश्व विख्यात बांसुरी वादक हरिप्रसाद चौरसिया, पंडित जसराज, भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेंद्र सिंह धोनी, कनाडाका विश्व विख्यात रॉकस्टार ब्रायन एडम्स डेनिश बैंड एमएलटीआर पाकिस्तानका रॉकस्टार आतिफ असलमलगायत कतिपय देश–विदेश प्रसिद्ध चर्चित व्यक्तित्वहरूबाट सम्मानित हुने अवसर प्राप्त गरेको जनाइएको छ ।
नेपालका आयोजकहरूले दश वर्ष नेपालमा बिताइसकेकी कथा वाचिका मानसी शर्माको सम्बन्धले नेपाललाई गौरवान्वित बनाएको जनाउँदै भारतका प्रख्यात धार्मिक टीवी चैनलहरूमा ं आस्था भजन, आस्था, संस्कार ,दिव्य ,पारस, दिशा, श्रद्धा, साधना इत्यादि चैनलहरूबाट मानसीका भजन प्रस्तुति हुने गरेको जनाएका छन् । मानसीका पिता कलाकार व मानव सेवा संस्थानका ट्रस्ट अध्यक्ष रजनीश कुमार शर्माले मानसी एवं मानव सेवा संस्थान ट्रस्टको एक मात्र लक्ष्य निर्धन, अनाथहरूको निशुल्क सेवा गर्नु रहेको बताएका छन् । उनका अनुसार कथाको माध्यमबाट सदैव सेवा गरिने छ । मायरा आयोजन कमेटीका संयोजक समाजसेवी एवं सहयोगी संस्था कुलेश्वर हनुमान मंदिर सेवा समितिका संरक्षक पवन अग्रवालले काठमाडौँमा हुर्केकी छोरी मानसीले आफ्नो दोस्रो मायरा काठमाडौँमा सम्पन्न गर्नु गर्वको विषय भएको बताएका छन् । यो महोत्सव सफल बनाउन काठमाडौँबासी कुनै कमी हुन नदिने उनले बताए । मिडिया प्रभारी विमल कुमार सर्राफले यो कथाको प्रसारण आस्था चैनलको यूट्यूब लाइव प्रसारण गरिएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij