Logo

Aug 15 2025 | २०८२, साउन ३०गते

Aug 15 2025 | २०८२, साउन ३०गते

images

नेपाली बजारमा  चिनियाँ कम्पनी चांगनको उत्पादन दीपल एस–०५को  बिक्री सुरू

नेपाली बजारमा  चिनियाँ कम्पनी चांगनको उत्पादन दीपल एस–०५को  बिक्री सुरू

  • काठमाडौँ  । नेपाली बजारमा  चिनियाँ कम्पनी चांगनको उत्पादन दीपल एस–०५को  बिक्री सुरू गरिएको छ । एमएडब्लूले  दीपल ब्राण्डका सवारी नेपालमा २ वर्षदेखि बिक्री गर्दै आएको छ । बिहीबार एक कार्यक्रमबीचको सार्वजनिकीकरण गरिएको थियो । फ्युचरिष्टिक डिजाइन, अत्याधुनिक फिचरले भरिपूर्ण एस–०५ मूल्य एक हिसाबले चकित पार्ने खालको गाडी भएको भनिएको हो ।  

    deep1.jpeg

    एमएडब्लूले दीपल एस–०५ दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा प्लस भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।

    ४.६ मिटर लम्बाइ भएको एस–०५ एड्भान्स फिचर लग्जरी क्याबिन भएको मोर्डन टेक्नोलोजी प्याक एसयूभी हो ।  दीपलको अघिल्लो एसयूभी एस–०७ जत्रो साइज भएको एस–०५ एसयूभीको ग्राउण्ड क्लियरेन्स नेपाली बाटो सुहाउँदो १८० एमएमको रहेको छ । यस किसिमको पहिलो अग्मुन्टेड रियालिटी हेडअप एचडी डिस्प्ले र रिमोट पार्किङ इन एण्ड आउट फिचर रहेको छ ।
    दीपल एस–०५ एसयूभीले नेपाली बजारमा साइजको हिसाबले जीएसीको एवोन भी, बीवाइडीको एटो३ र प्रोटोनको इमास७ जस्ता इलेक्ट्रीक एसयूभीलाई कडा प्रतिस्पर्धा दिन सक्ने देखिएको छ । मूल्यको हिसाबले यो ईभीको म्याक्स भेरियन्ट एटो ३ को एड्भान्स र इमासको प्राइमभन्दा पनि कम र एमजीको माथिल्लो भेरियन्ट लग्जरीको बराबरी छ । साथै  दीपल एस–०५ को प्लस भेरियन्टले एमजीको मिड भेरियन्ट र सेरेस जस्ता ईभीलाई पछि पार्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij