
पृष्ठभूमि
मैले यो जुन शीर्षकका सम्वन्धमा लेखे मनसाय गरे यो साँच्चै नै गम्भीर कुरा रहेछ भन्ने मलाई लाग्यो। श्रीकृष्ण जन्माष्टमी अर्थात् भगवान श्रीकृष्ण प्राकट्य भएको या जन्मिएको दिन हो। भनिन्छ भगवान कृष्ण भगवान विष्णुको आठौँ अवतारका रूपमा पृथ्वीमा अवतरण गर्नु भएको थियो। देवकी र वसुदेवका आठौं पुत्र क कृष्णलाई जन्मिने बितिकै मार्नकालागि देवकी र वसुदेवलाई कक्षले जेलमा बन्दी बनाएको अवस्थामा भगवान् श्रीकृष्णको जन्म भएको मानिन्छ।
कहावत के छ भने कंश अत्यन्त दुष्ठ, दुराचारी र व्यभिचारी राजा थिए मथुराका। उनले आफ्ना पिताजीलाई नै जेलमा हालेर आफू राजा मैं राज्य गरेका थिए। उनलाई थाहा भयो देवकीको आठौं पुत्रले उनलाई मार्नेछन्। देवकी उनकी आफ्नै बहिनी थिइन्। त्यो थाहा पाएपछि उनले बहिनी ज्वाईलाई नै कारागारमा बन्दी बनाए र जति जे जन्मन्छन् उनीहरुलाई जन्मिनेसाथ हत्या गरिहाल्न थाले। बाँचेकामा सातौं गर्भका बलराम रहेको कथा आउँछ। कंश अब झन् आतङ्कित भयो। देवकीको खूब निगरानी गर्न थाल्यो।
एउटा कुरा के छ भने भगवानहरु ब्रह्मा, विष्णु, महेश्वर, राम, कष्ण जो हुनुहन्छ उहाँहरुको जन्म गर्भाधान प्रकयाबाट भएको होइन। यी ईश्वरहरू हुन र यिनीहरू निर्गुण, निरञ्जन र निराकार पनि छन्। अझ भनौं ईश्वर एउटा छ। विविध कार्य सम्पन्न गर्न ईश्वरले बिभिन्न रूप लिन्छन्। भगवान् शिवले सृष्टि गर्नलाई ब्रह्मरूपलाई पालन गर्न विष्णुरूपाई र संहार (थन्क्याउन) गर्नलाई रुद्ररूप लिनुभएको थियो। विष्णु र कृष्णरूप एकै गुणका पर्दछन् या पालन कर्ता। पालन गर्ने भएकाले वैदिक सनातनीहरू राजालाई पनि विष्णुरूपमा मान्छन्। निर्गुण, निरञ्जन र निराकार ईश्वर गर्भाधान प्रकृयाबाट जन्मदैन। कृष्ण पनि देवकीको गर्भमा थिएनन् । गर्भ धारण गरेर देवकी रहेको कथा छैन्। सुत्केरी भई उनको स्याहार गरिएको छैन। एकैचोटी देखिएका शिशुलाई क्रमशः केश मार्दै जान्थ्यो।
कृष्ण पनि जन्मिएको होइनन् नै । म चाही यहाँनेर पृथ्वीमा अवतरण गरेको या प्राकट्य भएको ठान्दछु। उहाँ देवकीको प्रजनन् मार्गबाट अवतरण गर्नु भएको होइन। भगवान कृष्ण पुरै पालनकर्ता भावमा शङ्ख, चक्र, गधा, पद्म सहित साक्षात् भगवान विष्णुको रूपमैमा अवतरित हनुभएको थियो। अब सुरक्षित हुनलाई सम्पूर्ण सुरक्षा अड्ङ्ग, पाले चौकीदार, पहरागण र अन्य सम्पूर्ण सहचारीहरु मध्यरातमा निन्द्रामा मस्त भए। त्यही वैलामा भगवान कृष्ण साक्षात् भगवान विष्णुको शड्ङ्ख, चक्र, गदा र पद्मको चतुर्भुजरूबाट तुरुन्तै फेरि सामान्य मानवकारूपमा बदलिनुभयो र कंशका पाले, चौकीदार, सुराकी सबै निन्द्राकूल भएको अवस्थामा वस्देवले यमुना तारेर कष्णलाई दद्वारिका पुर्याई यशोदाको काखमा रहेकी मायादेवीलाई लिएर कसैले थाहा नपाई यथावत् कारागारमा आइपुगे । कंशले छोरी भएको थाहा पाएर कारागारमा आई त्यै छोरीलाई मार्न खोज्दा उनी आकाश तिर गइन र त्यहीबाट तँलाई मार्ने यो धरामा जन्मिसकेको छ भन्ने आकाशवाणी भयो।
श्रीकृष्ण पूर्ण भगवान हुनुहुन्थ्यो !:-
'एते चांशकलाः पुसः कृष्णस्तु भगवान् स्वयम्।' भनेर श्रीमद्भागवत १/३/२८ मा लेखिएको छ। यसको तात्पर्य मीन कुर्मादी अवतार सबै भगवानका अंश हुन्, कुनै कलान् कुनै आवेश हुन् तथापि भगवान् श्रीकृष्ण स्वयम् भगवान हुन्। उनी पूर्ण भगवान विष्णु हुन् किनभने उनमा सबै अगाडि आएका र अब आउने अवतारहरूको पूर्णता समावेश छ। त्यसर्थ भगवान श्रीकष्ण अनन्त ऐश्वर्यशाली, अनन्त वलशाली, अनन्त यशश्वी, अनन्त श्री, अनन्त ज्ञान र अनन्त बैराग्यका जीवन्त मूर्ती हुन। उनका जन्मदेखि आफ्नो लिला अन्त्य नहुञ्जेलसम्मका सम्पूर्ण कार्य अलौकिक र चमत्कारपूर्ण छन्। उनमा सबै किसिमका शक्ति प्रकट भएकोछ । यसरी पूर्ण ब्रह्म भगवान श्रीकृष्ण भाद्र कृष्ण अष्टमीका राती मथुराका महाराज कंशको जेल जो मथुरामै थियो त्यही राती बाह्न वेजेको समयमा अवतरण हुन् भएको थियो। भगवान श्रीकृष्ण जन्मनुको कारणः-
'परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्
धर्म संस्थापनाथौय सम्भवामी यगेयुगे।
अर्थात् साधुस्वभावका (सज्जन) मान्छेहरूलाई बचाउन र दुष्ट स्वभावहरुकालाई विनास गर्न तथा धर्मको रक्षागर्न म युगयुगमा प्रकट हुने गर्दछु। यो श्रीमद्भगवत गीताको चौथो अध्यायको आठौं श्लोकमाभगवान कृष्णले बताउनु भएको छ।
यो समयमा कंश जस्तो भयङ्कर दुष्ट राक्षषले सबैलाई सताएको थियो। सही मान्छे, सज्जन मान्छे, परोपकारी र ईश्वर प्रति श्रद्धा राखे मान्छेलाई बाँच्ने अवस्था थिएन। यस्तो समयमा कृष्णको जन्म भएको थियो।
भगवान श्रीकृष्णको प्राकट्य समय आजभन्दा लगभग पाँचहजार वर्ष अगाडि भएको मानिन्छ तथापि आजसम्म यति लामो समय बितिसक्दा पनि श्रीकृष्ण जन्माष्टमी उतिकै जमघट, भिडभाडमा अहिलेसम्म मानिदैछ।
भगवान श्री कृष्ण जन्मिएका दिनको समय समस्त शुभ गुणहरूले युक्त रहेछ र समय (काल) लाई पनि यो समय अत्यन्त शुभ बनाउन् पर्ने महसूस भएकोले काललाई भगवानले उसका अपेक्षालाई उपेक्षा गर्नुभएन। यो समयमा काललाई पनि परिपूर्णतम स्वयं भगवान म भित्रबाट प्रकट भइरहनु भएको छ भन्ने भएर उसलाई असिमित आनन्द अनुभव भयो। उसले आफ्ना समस्त गुणहरु धारण गरेर ऊ पनि परम सौभाग्यमान भयो। ऋतु तथा प्रत्येक समय विशेषलाई छानी छानी यो मुहूर्तमा जोडाउन थाल्यो।
यो समयमा चन्द्रमा रोहिणी नक्षत्रमा रहेका थिए। यो अत्यन्त सुखद र दीव्य क्षण सबैमा अप्राप्य हुन्छ जो समय भगवान श्रीकृष्णको जन्मका लागि तयार भएको थियो। सत्ताइस नक्षत्र, तारागण सबै उग्र, शान्त तथा बक्र बनेर काललाई साथ दिइरहेका थिए।
दसै दिशाहरु प्रसन्न थिए। ताराहरुले आकाश झलमल्ल थियो, पृथ्वीका साना ठूला सबै गाउँ सहरहरु बस्तीहरु दिव्य रत्नहरूले सजाइए जस्तो आनन्दमङ्गलभूमि बनेका थिए। सर्वत्र सहरहरूमा दीपावली भएको थियो।
'नद्यः प्रसन्नसलिला हृदा जलस्हत्रियः।
सम्पूर्ण नदीनालाको जल निर्मल भयो त्यो वेला। ताल तलाउहरूमा यो रातको समयमा कमल फूलेरखडाभए। गड्ङ्गा, यमुना, सरस्वती, कावेरी, गोमती, सिन्धु, गोदावरी, कौशिकी, कृष्णगण्डकी लगायत सवै पवित्र नदीहरूको फोहोर आफै सफा भयो। पोखरीहरू पनि भगवानको आशीर्वाद लिनलाई स्थिर देखिए, शान्त देखिए वन त्यस्तै शोभित भयो। सबै वृक्ष फूलैफूलले शोभायमान भएका थिए। यो रात्रीको समयमा फूलको रमझममा सबै चराहरू पनि उठेर कृडाहरु गर्न, सुरिलो स्वरमा फरक फरक भाकामा लयमउलाएर गाउन लागे। सबैतिर आनन्दनै आनन्दको वातावरण बन्यो। परम पवित्र शीतल-मन्द-सुगन्ध हावा पनि आफ्नो स्पर्शबाट सबैलाई सुखको अनुभूति प्रदान गर्दै वहन लाग्यो। कंशले ब्राह्मणका होम गर्ने निभाएका होमकुण्डहरू पुनः बल्नलागे। राक्षस द्रोही साधुको चित्त सहसा प्रसन्न हुन लाग्यो। स्वर्गबाट दुन्दुमी बाजाहरु आफै बज्नलागे। सबै उज्यालोमा चम्कियो जगत जो सूर्य र चन्द्रमाले चम्कन्थ्यो त्यो राती भगवानका प्रकाशले चम्किँयो।
'नसद्भासयते सूर्यो नशशाङ्को न पावकः।
यद्गत्वा न निवर्तन्ते तदधाम परमं मम।। गीता १५/६
यी चन्द्र. सूर्य अग्निका ज्योति मेरै अड्का ज्योति हुन भनेर गीतामा भगवानले बताए अनुसार यो औंसीको मध्यरात भगवानको प्रकाशले चन्द्र, सूर्य र अन्य उज्यालो विना नै धर्ती देदिप्यमान, प्रकाशमय र दिनजस्तै उज्यालो बनेको थियो।
यसरी सवका हृदयमा व्याप्त भगवान अन्तर्यामी हुनुहुन्छ, सर्वातित हुनुहुन्छ, सर्वगुणमय, लिलामय, अखिलसारमृतमूर्ति हुनुहुन्छ। यस्तो पवित्र रातमा उहाँको जन्म भएको थियो। त्यसैले यो कृष्ण जन्माष्टमी पृथ्वीमा एउटा युगान्तकारी घटना थियो।
के हुन् त श्रीकृष्ण ?:-
भगवान कृष्ण युग पुरुष हुन्, जगत् गुरु हुन् भनिन्छ नि यो कुरा त सत्य हो। जतिवेला प्राकट्य भएर आफ्नो लिला गर्नुभयो तवसम्म यी कुरा प्रमाणित छन् र हामी मान्छौं पनि तर यशौदा मैयाले कृष्णले खाएको कुरा मुखमा हेर्दा मैयाँ तीन छक परेकी थिइन्। त्यो वेलामा कृष्णको मुखबाट सम्पूर्ण चराचर जगत
यशोदा मैयाले देखेर अचम्म परेकी थिइन् उनी।
अर्को करा के भने अर्जुनले युद्धभूमिको विचमा बसेर म किन युद्ध गरेर यी स्वजनलाई हत्या गर्नु, म युद्ध गर्दिन किनकी न मलाई राज्यको सुखभोगको इच्छा छ न विजयको नै भनेर गाण्डिव धनु राख्दा भगवानले उनलाई सम्झाउन श्रीमद्भगवत्गीता जन्मियो। कृष्णले यही माध्यमबाट, भक्तियोग, कर्मयोग र ज्ञानयोग ज्ञानयोगको साथै जन्म मृत्यु सृष्टि, पालन, प्राणी वनस्पति यावत कुरा बताउँदै यहाँ पनि आफ्नो विराटरूप देखाइदिनु भयो अर्जुनलाई । त्यो रुपमा ब्रह्माण्डमा भएका के कुरा थिएनन् ! त्यही थ्यो चराचर जगत र समस्त प्रकृति। यो कुराले गर्दा मैले श्री कृष्णलाई जगत गुरु र युग पुरुष हुन् भनेर मात्र भन्दा पुग्दैन भनेको हो। श्रीमद्भगवत गीता वैदिक सनातनीहरूको अध्यात्मिक मार्गदर्शन बन्यो, सवैका जीवन मार्गको उपदेश बन्यो।
वास्तवमा भगवान श्रीकृष्ण, श्यामसुन्दर, राधावल्लभ, देवकी नन्दन, कृष्ण कन्यैया या हामी जेलाई भगवान भनिरेका छौं ती लगायत भगवान शिव, भगवान विष्णु, भगवान ब्रह्मा र रामादि भगवान ती सबै प्रकृति हुन्। गीतामा अंभगवान कृष्णले बताउनु भएकैछ। वेद, भागवत सबैमा ईश्वर निर्गुणछ, निरत्रजन छ निराकार छ त भनेकै छनि। त्यसैले भगवान कृष्ण चराचर जगत तथा जल, थल, नभ सबै हुनुहुन्छ। यसर्थ हामीले मूर्तरूपमा भगवान खोज्यौं भने अवश्य पाउने छैनौ तरें ईश्वरका गुणका भावमा खोज्यौं भने तत्क्षण पाउँछौं। त्रेता युगमा मथुरामा प्रकट भएका कृष्ण ईश्वरीय आवका भगवान थिए। त्यसैले उनले परित्राणाय-भनेका हुन्।
हामी पनि सूक्ष्म रूपमा कृष्ण भाव विचार गरौं त। उनी किसान परिवारमा बसेका छन्, गाँई पाल्ने गोठाला हुन्, उनका दाजु बलराम हुन् हलधरे । हलो बोकेर जमिन जोत्ने काम गर्ने हली हुन्। भगवान कृष्णको नेतृत्वमा गाई पालिएको थिएन, कृषि गरिएको थिएन भने हाम्रो सभ्यता कहाँ पुग्दथ्यो होला विचार गरौं त एक पटक ! त्यसैकारण भगवान श्रीकृष्णलाई युग परिवर्तक भनिएको हो। वास्तवमा श्रीकृष्ण सबैको प्यारो कहर्नैया लाल हुनुहुन्थ्यो। सबैमा अनवरत प्रेम वर्षाउनु हुन्थ्यो। फेरि त्यो प्रेम वासनामय चटक्कै थिएन। जो हामीमा एउटा निर्वाध वालक प्रति प्रेम पलाउँछ, एउटा दीनहीन प्रति दया जागेर आउँछ, आमाबुवा प्रति श्रद्धाभाव उठ्छ, जमिन, जल, वातावरण जोगाउ भन्ने सजगता जाग्छ र सत्यको चेत उठ्छ त्यो कृष्णभाव र प्रेम हो।
भगवान श्रीकृष्णले सम्पूर्ण जगतका मातालाई स्तन पान गराउँदा गलत विचार गरेर नगराउनु। वालखको माया गर्नु पर्छ नत्र पुतनाको जस्तो हुन्छ भन्ने सन्देश दिनुभएको छ। त्यसै गरेर बालखलाई वेवास्ताले कतै सुताउनु हुँदैन बराबर दृष्टि पुर्याउनु पर्दछ भनेर गाडा पल्टाउने कार्यबाट सन्देश दिनुभएको छ। वालख नै नहर्के के सन्सार रहन्छ र ? यसरी भगवानले सुरमा रहनु पर्दछ भन्नू भएकोछ। सुरमा रहने सबै सुर देउता हुन् र सुरमा नरहने असुर या राक्षस पनि बन्दछ। साक्षात् ब्रह्म भएर पनि श्री कृष्ण आफ्नो प्राकट्यलाई गोप्य राख चाहानु हुन्थ्यो। आफ्ना संस्कारहरु गर्दै जानू पर्ने सन्देश दिनुहुन्थ्यो ।
श्रीमद्भागवत् दशम स्कन्धमा यस्ता अनेकौं व्यवहारिक कथा तथा समस्त भागवतमा अत्यन्त समयसापेक्ष भगवत् कथा आउँछन् । यी कुराहरूले पनि भगवान श्रीकृष्णको, गुण महिमा, ईश्वरीय गुण र चराचर जगत या सम्पूर्ण प्रकृतिलाई ईश्वरको रूपमा लिइएको छ र तिनीहरुबाट हुने कार्यलाई ईश्वरीय भावसँग दाँजेर हेरे अवश्य पनि भगवान् श्रीकृष्णको दर्शन हुनेछ। हामी भगवान श्रीकृष्णसँग साक्षात्कार गर्न सक्छौं। निरन्तर अध्ययन र मननबाट यी कुराहरू खुल्दै जान्छन् ।
अन्तमा भगवान श्री कृष्ण प्राकट्यको यो दिन नेपालको ललितपुर, पाटनमा रहेको भव्य कृष्ण मन्दिर, उपत्यकका तीवटै सहरका अन्य कृष्णका मन्दिरहरु लगायत देशका भिभिन्न सहरमा रहेका कृष्ण मन्दिरहरु लगायत छिमकी मित्रराष्ट्र भारतको वृन्दावनधामका मन्दिरहरूमा कृष्ण जन्माष्टमी भव्यरूपमा मनाइन्छ साथै थाइल्याण्ड र नेपालीहरु बसोबास गरेका युरोप र अमेरिकी देशहरूमा पनि भगवान श्रीकृष्णको भव्य पूजा, व्रत र आराधना गरिन्छ। यो छोटो लेखमा मैले यति नै मात्र प्रस्तुत गरे, अस्तु !
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij