Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

नेपाल टेलिकमको खुद नाफा ५७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसामा सीमित

नेपाल टेलिकमको खुद नाफा ५७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसामा सीमित

  • काठमाडौँ । नेपाल टेलिकम लिमिटेड (NTC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा आम्दानी सामान्य घटेपनि खुद नाफा भने उल्लेख्य रूपमा घटेको देखिन्छ।

    अघिल्लो आर्थिक वर्षको अन्त्यमा ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ मात्र आम्दानी गर्‍यो। वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ।

    यससँगै कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३८ अर्ब ७३ करोड रुपैयाँमा पुगेको छ। चालु कर खर्च ११ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेपछि कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा झरेको हो।

    नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि ३४ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ८२ पैसामा पुगेको छ। आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा तथा मूल्य–आम्दानी अनुपात (P/E ratio) ५९.१८ गुणा रहेको छ।

    १८ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको टेलिकमको जगेडा कोषमा हाल ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij