Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

सोनापुर मिनरल्सको कुल नाफा ८ करोड ६२ लाखबाट ७० करोड रुपैयाँमा वृद्धि

सोनापुर मिनरल्सको कुल नाफा ८ करोड ६२ लाखबाट ७० करोड रुपैयाँमा वृद्धि

  • काठमाडौँ ।सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

    गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले २ अर्ब ६१ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब ६३ करोड रुपैयाँको तुलनामा करिब १ अर्ब बढी हो।

    बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि सकारात्मक भएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ४७ करोड १० लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी, यस वर्ष सोही अवधिसम्ममा ६१ लाख ५० हजार रुपैयाँ नाफामा पुगेको छ। कुल नाफा ८ करोड ६२ लाख रुपैयाँबाट बढेर ७० करोड ६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको ऋणात्मक १३ करोड ६४ लाखबाट यस वर्ष ४३ करोड ७० लाख रुपैयाँ धनात्मक भएको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक १५.३२ रुपैयाँबाट धनात्मक २० पैसामा पुगेको छ। सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ।

    कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij