Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

३१ दिने भाकामा बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

३१ दिने भाकामा बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको छ ।राष्ट्र बैंकले भदौ १ गते ६० अर्ब रुपैयाँ उठाउन लागेको हो । राष्ट्र बैंकले ३१ दिन का लागि उठाउन लागेको ६० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असोज १ गते फिर्ता पाउने जनाएको  छ ।

    ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।बहुब्याजदरमा बोलकबोल गर्न सकिने गरिएको निक्षेप संकलन आह्वानको  रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij