Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे

पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे

  • तानसेन (पाल्पा)।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पाल्पाले आज यहाँ आयोजना गरेको भेटघाटमा उहाँले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसकाे विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिनुभयो । पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशीलताको आवश्यक रहेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माण गर्न भने होटल, यातायात र पर्यटकीय गतिविधि निजी क्षेत्रले सञ्चालन गर्छ, यसका लागि निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिदिनुपर्छ ।” उहाँले यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित नीति तथा ऐन बनाइरहेको बताउनुभयो । नेपाली कांग्रेसका सह–महामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले कांग्रेसले अब स्वदेशमै रोजगारका अवसरहरु सिर्जना गरी विदेश पलाउनलाई रोक्ने दिशामा आफूलाई अग्रसर बनाउन थालेको बताउनुभयो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij