Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरको निष्काशन बिक्री खुला

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरको निष्काशन बिक्री खुला

  • काठमाडौँ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले  हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले  मंगलबारदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन बिक्री खुला गरेको हो । 

    यसअघि कम्पनीले असार २७ गते बुकक्लोज गरिसकेर असार २६ गतेसम्म कायम सेयरधनीहरुलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेको हो । कम्पनीले कुल ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ।

    यो हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति भदौ २३ गतेसम्म निर्धारण गरिएको छ । बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले कुमारी बैंक र सिटिजन्स बैंकका विभिन्न शाखासहित आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र ‘मेरो सेयर’ अनलाइनमार्फत आवेदन दिन सकिने जनाइएको छ। 

    हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेकोमा, हकप्रद निष्काशनपछि पुँजी दोब्बर भई ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम ऋण भुक्तानी, ब्याज खर्च घटाउने, वित्तीय स्थिति मजबुत पार्ने र इक्विटी बढाउने प्रयोजनमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij