
काठमाडौँ । भदौ ८ गतेसम्म चल्ने नाडा अटो शो २०२५सम्म विभिन्न वाणिज्य बैंकहरूले गाडी किन्न विभिन्न किसिमको कर्जा सुविधा अगाडि सारेका छन् ।जस अनुसार राष्ट्रिय वाणिज्य बैंकले भदौमा पेट्रोलियम सवारी खरिद गर्ने आफ्ना ग्राहकलाई ७ वर्ष अवधिको कर्जामा १० प्रतिशत र इलेक्ट्रिक सवारी(ईभी) खरिद गर्ने आफ्ना ग्राहकलाई ७ वर्ष अवधिसम्मको कर्जामा ८.५० प्रतिशत ब्याजदरमा कर्जा दिने निर्णय गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले स्थिर कर्जातर्फ हायर पर्चेज कर्जामा ५ देखि १० वर्षको कर्जामा १० प्रतिशत र १० वर्षभन्दा माथिको कर्जामा ११ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गर्ने गरेको छ। सोही अवधिको गाडी कर्जामा पनि बैंकले सोही ब्याजदर निर्धारण गरेको छ ।
सोही क्रममा प्रभु बैंकले हायर पर्चेज कर्जा दिँदा बेस रेटमा २ प्रतिशत ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको छ । यो बैंकले व्यक्तिगत अटो कर्जाको लागि आफ्ना ग्राहकलाई पाँच वर्षको कर्जामा बेस रेटमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज थपेर कर्जा दिने गरेको छ । पाँच वर्षमाथि ८ वर्षसम्मको अटो कर्जामा बेस रेटमा २.५० प्रतिशत देखी ४.५० प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लगानी गर्ने गरेको देखिन्छ । व्यक्तिगत हायर पर्चेज कर्जाको लागि यस बैंकले सोही ब्याजदरमा कर्जा दिने गरेको जानकारी दिएको यो बैंकको बेस रेट ६.४३ प्रतिशत छ ।
एनएमबी बैंकले अटो लोन तर्फ इन्धन गाडीलाई बेस रेटमा २.५ देखि ४.५ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने गरेको छ । यो बैंकले ईभी गाडी लिने व्यक्तिगत ग्राहलाई बेस रेटमा ०.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको छ भने व्यापारतर्फको ईभी खरिदलाई बसरेटमा १ प्रतिशत देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्ने गरेको छ । साथै सार्वजनिक कमर्सियल ईभी खरिद गर्दा यो बैंकले बेस रेटमा २ देखि ४ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्ने गरेको छ । यो बैंकको हालको बेस रेट ६.१३ प्रतिशत छ ।
सोही गरी एनआईसी एसिया बैंकले १० वर्षसम्मको अटो लोनमा ९.६० प्रतिशत ब्याजमा कर्जा दिने गरेको छ । यस्तै नेपाल एसबीआई बैंकले व्यक्तिगत तथा व्यावसायिक अटो लोन र हायर पर्चेज लोन पाँच वर्षसम्मको ९.९९ प्रतिशत ब्याजदरमा दिने गरेको छ । यो बैंकले पाँच वर्षमाथिको यस्तो कर्जामा १०.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ।
एसबीआई बैंकले व्यक्तिगत ईभी खरिदका लागि फल्टिङ इन्ट्रेस्ट रेटमा बेस रेटमा ०.२५ प्रतिशत देखि २.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । साथै फल्टिङ इन्ट्रेस्ट रेटमा अन्य गाडी खरिदका लागि बेस रेटमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशत प्रिमियम ब्याजदर तय गरेको छ । अफिसियल ईभी खरिदमा बैंकले बेस रेटमा ०.२५ प्रतिशतदेखि २.२५ प्रतिशत नै प्रिमियम थपेर कर्जा लगानी गर्ने गरेको छ।
यस्तै प्राइम कमर्सियल बैंकले प्राइम हायर पर्चेज कर्जाको लागि ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौ महिनाका लागि अटो लोनमा ६.२८ प्रतिशतदेखि ८.२८ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ । ईभीको लागि पनि ब्याजदर एउटै रहेको बैंकले जनाएको छ ।
नेपाल बैंकले पाँच वर्षसम्मको अटो लोनका लागि ६.१३ प्रतिशतदेखि ८.१३ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने जनाएको छ । हायर पर्चेज कर्जाका लागि यो बैंकले ६.६३ प्रतिशतदेखि ८.६३ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने गरेको जनाएको छ । कमर्सियल सवारी खरिद गर्दा यो बैंकले ७.१३ प्रतिशतदेखि ८.१३ प्रतिशतसम्म ब्याज लिने गरेको छ ।
सोही गरी सबै भन्दा बढी नाफा कमाएको नबिल बैंकले भदौ महिनामा व्यक्तिगत अटो लोनका लागि बेस रेटमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्ने गरेको छ । यो बैंकले व्यावसायिक अटो लोनको लागि बेस रेटमा ३ देखि ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्ने निर्णय गरेको छ ।
ट्याक्टर खरिद गर्ने ग्राहकले यो बैंकबाट बेस रेटमा ३ देखि ४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लिन पाउने व्यवस्था रहेको छ । यो बैंकले व्यक्तिगत ईभी खरिद गर्ने ग्राहकलाई बेस रेटमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने गरेको छ । साथै व्यावसायिक ईभी खरिद गर्ने ग्राहकलाई ३ देखि ४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने गरेको छ । नबिलको बेस रेट ५.७४ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंकले अटो लोन (स्पेस फिक) तर्फ बेस रेटमा ०.५० प्रतिशत देखि २.५० प्रतिशतसम्म प्रिमियम थप गरेर र अटो लोन (नर्मल) तर्फ बेस रेटमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लगानी गर्ने गरेको छ । साथै व्यावसायिक गाडी (स्पेस फिक) तर्फ बेस रेटमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशत र नर्मलतर्फ २.४ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ । फिक्स रेटमा अटो लोन दिँदा बैंकले पाँच वर्षसम्मको कर्जाको ९.५० प्रतिशत र पाँच वर्षदेखि माथि १० वर्षसम्मको लोनमा १०.५० प्रतिशत तथा १० वर्ष माथिको अटो लोनमा ११.५० प्रतिशत ब्याजदर लिने गरेको छ ।
लक्ष्मी सनराइज बैंकले भदौसम्म अटो लोन दिँदा आफ्ना ग्राहकलाई ७.९९ प्रतिशत देखि ११.९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा दने गरेको छ । यो बैंकले ईभी खरिद गर्नेलाई पनि उक्त ब्याजदरमा नै कर्जा दिने गरेको बैंकले जनाएको छ । कुमारी बैंकले अटो लोन (प्राइभेट) तर्फको लागि बेस रेटमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको जनाएको छ । यो बैंकको बेस रेट ६.४४ प्रतिशत छ । यस बैंकले हायर पर्चेज कर्जा (कमर्सियल) तर्फ बेस रेटमा ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लिने गरेको जनाएको छ । यो बैंकले फिक्स रेटमा पाँच वर्षभन्दा माथिको कर्जा लिने ग्राहकका लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ ।
हिमालयन बैंकले सात वर्षसम्मको हायर पर्चेज कर्जाको (प्राइभेट) मा ८.५० प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ भने हायर पर्चेज कमर्सियल तर्फ ९.५० प्रतिशत ब्याज लिने गरेको छ । ग्लोबल आईएमई बैंकले अटो लोनमा फल्टिङ इन्ट्रेस्ट रेटमा कर्जा दिँदा बेस रेटमा १.५० प्रतिशत देखि ३.५० प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको छ ।
ग्लोबलको बेस रेट हाल ५.६० प्रतिशत रहेको छ । यस बैंकको फिक्स इन्ट्रेस्ट रेटमा अटो लोन दिँदा ८.९९ प्रतिशत देखी १०.९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने गरेका छ । सोही गरी यो बैंकले हायर पर्चेज कर्जाको लागि फल्टिङ कर्जामा बेस रेटमा २.५० प्रतिशत देखि ४.५० प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको छ । हायर पर्चेजको लागि फिक्स इन्ट्रेस्ट रेटमा कर्जा दिँदा यस बैंकले १०.९९ प्रतिशत देखि १२.९९ प्रतिशतसम्म ब्याजदर लिने गरेको छ ।
एभरेष्ट बैंकले सात वर्षसम्मको लागि भेइकल लोन र हायर पर्चेज कर्जाका लागि ७.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ । यो बैंकले फल्टिङ कर्जा दिन लागेको हो । बैंकको तोकेको अवधिभन्दा माथिल्लो अवधि राखेर कर्जा लिने ग्राहकलाई यो बैंकले ब्याजदर बढाउने जानकारी दिएको छ । कृषि विकास बैंकले हायर पर्चेजमा १०.६५ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ ।
बैंकले यो कर्जा दुई वर्ष माथिको लागि दिने गरेको छ । साथै यो बैंकले अटो लोन साढे दुई वर्ष माथिको लागि पनि १०.६५ प्रतिशत नै ब्याजदरमा कर्जा दिने गरेको जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij