
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञावालीलाई पठाइएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा ज्ञवालीलाई पठाएको हो ।
एमआरपी कार्यान्वयन र बजार अनुगमन गर्दा व्यवसायीहरूलाई कारबाही र जरिवाना गर्दै आएका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निवर्तमान महानिर्देशक कुमार दाहाललाई राष्ट्रिय समावेशी आयोग पठाएर ज्ञावालीलाई सो जिम्मेवारी दिएर पठाइएको छ ।
यसैगरी मन्त्रालयले कम्पनी रजिष्ट्रार कार्यालयको प्रमुख रजिष्ट्रारमा बलराम निरौलालाई पठाएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा प्रमुख खाली रहेको थियो । .
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij