Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

प्राधिकरणद्वारा अवैध घरजग्गा कारोबारबाट ५ हजार रोपनी जग्गा संरक्षण

प्राधिकरणद्वारा अवैध घरजग्गा कारोबारबाट ५ हजार रोपनी जग्गा संरक्षण

  • काठमाडौँ ।  काठमाडौँ  उपत्यका विकास प्राधिकरणले अवैध प्लटिङ तथा राजनीतिक संरक्षणमा  कानुन विपरीतका घरजग्गा कारोबारबाट ५ हजार रोपनी जग्गाको संरक्षण गरेको जनाएको छ । अवैध प्लटिङ तथा सरकारी कर्मचारीको बदमासीको  विषयमा लामो अभियान सञ्चालन गरी प्राधिकरणले ३ खर्ब रुपैयाँ बराबरको ५ हजार रोपनी जग्गाको कारोबार तथा प्लटिङ रोकेको बताएको हो ।

    प्राधिकरणले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी अवैध प्लटिङ्गले जोखिम निम्त्याउने  चिन्ता व्यक्त गरेको छ ।प्राधिकरणले हालसम्मकै  यो ठूलो अपरेसन भएको दाबी गरेको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रमा २० फिट बाटो, खोला छेउको जग्गा खण्डीकरण गर्ने काम रोकेको प्राधिकरणले जनायो ।प्राधिकरणले ऐन अन्तर्गत नरहेको जग्गाको कित्ताकाट पनि रोकेको बताएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij