
काठमाडौँ।स्थानीय बजारमा बिहीबार सुन मूल्य बढेर तोलाको रु एक लाख ९५ हजार २०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार २०० निर्धारण भएको हो । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ ।
बिहीबार एक तोला सुन रु एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij