Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

भारतले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न सहमति,कुल निर्यात क्षमता १०९० मेगावाट

भारतले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न सहमति,कुल निर्यात क्षमता १०९० मेगावाट

  • काठमाडौं । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने सहमति प्रदान गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यो बिजुली नेपालका दुई जलविद्युत् आयोजना — मेगाघाट खोला (४८.५ मेगावाट) र करुवा सेती हाइड्रोपावर (३१.०४ मेगावाट) — बाट उत्पादन हुने हो।

    यससँगै नेपालले भारतलाई निर्यात गर्ने बिजुलीको कुल मात्रा १०९० मेगावाट पुगेको छ। यसअघि नेपालले भारतलाई १०१0.9 मेगावाट बिजुली निर्यात गर्दै आएकोमा नयाँ सम्झौतासहित थप ८० मेगावाट निर्यात हुने भएको हो।

    नेपालले यसअघि नै बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिसकेको छ। गत साउन २६ गते भारत सरकारले २०० मेगावाट बिजुली खरिदको अनुमति दिएको थियो भने भदौ ५ गते पुनः थप ८० मेगावाटको लागि सहमति दिएको हो।

    प्राधिकरणका अनुसार यो द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिको लागि प्राप्त अनुमति हो, जसको अवधि २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij