
काठमाडौँ । चालु आवको पहिलो महिनामा करिब १५ अर्ब बढीको आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २०८२/८३ मा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख २८हजार भएको छ ।
भन्सार विभागले एक प्रतिवेदन सार्वजनिक गरी जनाएको हो । साउनमा आयात १ खर्ब ४३ अर्ब ०४करोड ०६ लाख ६९हजारको भएको छ । निर्यात २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार बराबरको भएको छ । व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख २८हजार घाटा हुँदा कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड ३१लाख ०९ हजार बराबरको भएको छ ।
यसैगरी २०८१/८२मा पहिलो महिना मा आयात १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार, निर्यात १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार , व्यापार घाटा १ खर्ब १६ अर्ब१५करोड ०९लाख ७४हजार, कुल वैदेशिक व्यापार १ खर्ब ४० अर्ब६० करोड ३२ लाख ६८हजार आयात निर्यात भएको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij