Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

खाद्य व्यवस्थाले ल्याउन खोजको मदिरा भन्सारमा अड्कियो

खाद्य व्यवस्थाले ल्याउन खोजको मदिरा भन्सारमा अड्कियो

  • काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंमा सहुलियत पसलका लागि ल्याउन खोजेको मदिरा भन्सारमै अड्किएको छ । ल्याइएको  मदिराको भन्सार छुटाउने प्रक्रिया निक्र्यौल नभएकाले उक्त मदिरा भन्सारमा रोकिएको हो ।

    खाद्यले दसैंको मौका पारेर स्टक क्लियरेन्स गर्न खोजेको मदिरा १७ वर्ष पुरानो हो। उक्त मदिरा तत्कालीन नेशनल ट्रेडिङले ‘ड्युटी फ्री’मा ल्याएको थियो। नेशनल ट्रेडिङलाई खाद्य कम्पनीमा गाभिएयता पुराना सामान त्यसै राखिएका छन्। तिनैमध्येको मदिरा पनि हो।

    खाद्यले मदिरामा भन्सारसँग केही छुट मागेकोले त्यसमा भन्सार कर्मचारी प्रष्ट नभएकाले रोकिएको हो । यो वर्ष चाडबाड लक्षित सुपथ मूल्य पसल भदौ तेस्रो सातादेखि सञ्चालनमा ल्याउन लागिएको छ । त्यस सहुलियत पसलबाट मदिरा बेच्न खोजिएको छ ।

    कम्पनीले मदिरा बिक्रीका लागि रामशाहपथमा आउटलेट बनाइसकेको छ। तयारीे पनि गरेको छ । भन्सारको काम नसकिएको खाद्य व्यवस्थाका अधिकारीहरूले जनाए अनुसार  बोर्डले स्वीकृत गरेपछि मदिरा बिक्री गर्ने तयारी गरेको छ । भन्सार छुटाउन केही समय लाग्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij