Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

मंगलबार सुनको मूल्य  तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम

मंगलबार सुनको मूल्य  तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम

  • काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य  तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेर  हिन्दु महिलाको पर्व तिजको दिन सुनको मूल्य सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम कायम भएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

    मंगलबार सुनको मूल्य बढ्दा सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा तिजको दिन आज सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेको छ । 

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij