Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

१० अर्ब बराबरको विकास ऋणपत्र निष्कासनका लागि बुधबार बोलकबोल हुँदै

१० अर्ब बराबरको विकास ऋणपत्र निष्कासनका लागि बुधबार बोलकबोल हुँदै

  • काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार १० अर्ब बराबरको विकासऋणपत्रका लागि बोलकबोल गर्न आह्वान गरेको छ ।१ खर्ब १० अर्ब बराबरको निष्कासन गर्ने योजना मध्ये बाँकी रहेको ६० अर्ब मध्ये १० अर्ब बराबरको विकास ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापनले बिहीबार निष्कासन गर्न लागेको हो ।

     सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले  वार्षिक ऋण निष्कासन तालिका अनुसार यसअघि ५० अर्ब विकास ऋणपत्र निकालिसकिएको देखिन्छ ।  वार्षिक ऋण योजनाले त्रैमासिक तथा उपकरणगत रुपमा आन्तरिक ऋण परिचालन गर्न लिएको लक्ष्यको आधा गरिएको तालिका अनुसार यसअघि हालसम्म ३ वर्षे विकास ऋणपत्रको  बोलकबोल२०८२/८३ साउन ७ गते  भएको थियो ।

    त्यसपछि भएको बोलकबोल अनुसार साउन ८ गते तीन वर्षका लागि १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गरिएको थियो । सोही गरी ४ वर्षे विकास ऋणपत्रको बोलकबोल साउन १४ गते भइ साउन १५ गते १० अर्ब बराबरको सो ऋण पत्र निष्कासन गरिएको थियो । यसैगरी ११ वर्षे  विकास ऋणपत्रको बोलकबोल साउन २१ गते भई साउन २२ गते  १० अर्ब बराबरको निष्कासन भएको थियो । ८ वर्षे  विकास ऋणपत्रको बोलकबोल साउन २८ गते भई साउन २९ गते १० अर्ब बराबरको सो ऋणपत्र निष्कासन भएको थियो ।

    भदौ महिनाको  ४ गते बोलकबोल भई भदौ ५ गते १० वर्षका लागि  १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन भएको थियो ।विकास ऋणपत्र निष्कासन गर्ने सो कार्यालयले सार्वजनिक गरेको समय तालिकाले सम्भाव्य लगानीकर्तालाई आफ्नो लगानी योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    भदौ १२मा हुने १० अर्बको निष्कासन पछि सो अपेक्षा पूरा गर्न सार्वजनिक तालिका अनुसार पहिलो त्रैमासिकमा निर्धारण गरिएको १ खर्ब १० अर्ब बराबरको विकास ऋण पत्रको निष्कासन  गर्ने योजना अनुसार , ९ वर्षे, ६ वर्षे, ११ वर्षे , ७ वर्षे र ५ वर्षे विकास ऋणपत्र निष्कासन  गर्न बाँकी रहेका छन् । बाँकी ५० अर्बको विकास ऋणपत्रको बोलकबोल र निष्कासन तालिका अनुसार९ वर्षे भदौ १८ गते बोलकबोल भइ भदौ १९ गते , ६ वर्षे  भदौ २५ गते बोलकबोल २६ गते निष्कासन , ११ वर्षे असोज १ गते कबोल २ गते निष्कासन , ७ वर्षे असोज २२ गते कबोल २३ गते निष्कासन र ५ वर्षे कबोल असोज २९ गते र निष्कासन ३० गते हुने छ । असोज ३० गते पहिलो त्रैमासिकमा ऋण लिने  यो १ खर्ब १० अर्ब योजना पूरा हुने छ । 
    भदौ ११ गते कबोल हुन लागेको १० अर्बका लागि प्रतिस्पर्धी वा अप्रतिस्र्पी बोलदाताहरूलाई क्रमशः निष्कासित रकम ८५ र १५ प्रतिशत छुट्टयाइएको छ । जस अनुसार ८ अर्ब ५० करोड प्रतिस्पर्धी र १ अर्ब ५० करोड अप्रतिस्पर्धी बोलदाताहरूका लागि छुट्टयाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij