Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

भारतको निर्यात संकटमा : अमेरिकाले ५०% कर लगाउँदा जीडीपीमा ०.६% गिरावटको आशंका

भारतको निर्यात संकटमा : अमेरिकाले ५०% कर लगाउँदा जीडीपीमा ०.६% गिरावटको आशंका

  • काठमाडौँ । अमेरिकाले मंगलबार भारतमाथि थप २५% आयात शुल्क लगाउने आधिकारिक सूचना जारी गरेको छ। भारतीय समयअनुसार यो कर भोलि, अगस्ट २७ बिहान ९ः३१ बजेदेखि लागू हुने भएको हो।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले यसअघि अगस्ट ६ मा भारतले रूसबाट तेल खरिद गरेको कारण जरिवाना स्वरूप यो कर घोषणा गरेका थिए। अगस्ट ७ देखि नै भारतमा २५% कर लागू भइसकेको थियो। नयाँ निर्णयसँगै अब अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर ५०% सम्म पुग्नेछ।

    मंगलबार जारी आदेशमा उल्लेख छ— “सूचीमा समावेश गरिएका सामानहरू भारतबाट अमेरिका भित्र्याइए वा गोदामबाट बाहिर निकालिँदा नयाँ कर लागू हुनेछ।”

    उद्योगमा पर्ने प्रभाव

    • गहना, कपडा, अटोमोबाइल र समुद्री खाना उद्योग सबैभन्दा बढी प्रभावित हुने सम्भावना।

    • कर नघटाइए वा सम्झौता नहुँदा ४८.२ अर्ब डलर बराबरको निर्यातमा प्रत्यक्ष असर पर्ने विज्ञहरूको अनुमान।

    • आईटी, औषधि र इलेक्ट्रोनिक्स क्षेत्र भने प्रभावित नहुने बताइएको छ।

    आम मानिसमा असर

    • निर्यात घट्दा उत्पादनमा कमी आउन सक्ने, जसका कारण रोजगारी गुम्ने खतरा।

    • गहना, कपडा, मेसिनरी र रसायन क्षेत्रका कामदारहरू सबैभन्दा बढी जोखिममा।

    अर्थतन्त्रमा असर

    • निर्यात घट्दा सरकारको आम्दानी र जीडीपी वृद्धि दरमा गिरावट।

    • विज्ञहरूले भारतको जीडीपी वृद्धिमा ०.२% देखि ०.६% सम्म कमी आउन सक्ने अनुमान गरेका छन्।

    • सरकारलाई नयाँ व्यापार नीति र रणनीति बनाउनुपर्ने अवस्था आउन सक्नेछ।

    अन्तर्राष्ट्रिय व्यापारमा प्रभाव

    • अमेरिका बाहेकका ५० देशसँग नयाँ निर्यात रणनीति तयार।

    • चीन, मध्यपूर्व, अफ्रिका, युरोप लगायतका बजारतर्फ निर्यात विस्तार गर्ने तयारी।

    • भारतले आइसल्याण्ड, नर्वे, स्विजरल्याण्डलगायतसँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ, बेलायतसँगको सम्झौता अर्को वर्ष लागू हुने सम्भावना।

    पृष्ठभूमि : रूसी तेल खरिद

    • भारत हाल चीनपछि रूसबाट तेल खरिद गर्ने दोस्रो ठूलो देश हो।

    • २०२३ मे सम्ममा रूसी तेल आयात ०.२% बाट बढेर ४५% पुगेको थियो।

    • पछिल्ला दुई वर्षमा भारतले १३० अर्ब डलरभन्दा बढी मूल्यको रूसी तेल खरिद गरेको छ।

    • यही कारण अमेरिकाले थप कर लगाएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij