Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री नगरेसम्म त्यहाँबाट लाभांश नपाउने

बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री नगरेसम्म त्यहाँबाट लाभांश नपाउने

  • काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री नगरेसम्म त्यहाँबाट लाभांश नपाउने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेका संस्थापक सेयर लगानी (क्रस होल्डिङ) बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर लाभांश वितरण रोक्का राख्ने जनाएको छ ।

    राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२ जारी गरी  यस्तो व्यवस्था गरेको हो ।सो कार्यविधिको खण्ड खमा लाभांश स्वीकृति सम्बन्धमा गरिएको व्यवस्था ४मा यस्तो उल्लेख गरिएको छ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बाहेक अन्य प्रचलित कानुनबमोजिम स्थापना भएको बचत तथा ऋणको कारोबार गरिरहेका संस्थाहरुले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा गरेको लगानी बिक्री गर्ने कार्य सम्पन्न नभएसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर वितरण गर्न रोक्का राख्ने जनाएको छ । तर ‘घ’ वर्गको इजाजतपत्रप्राप्त संस्थाको हकमा यसअघि नै सेयरलिई कायम रहेको अवस्थामा यो व्यवस्था लागू नहुने जनाएको छ ।

    इजाजतपत्रप्राप्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भए तापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा–वितरण गर्न स्वीकृति नदिने जनाएको छ ।

    यस्तै आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक साधारणसभाको स्वीकृति लिने मितिसम्मको अवधिमा शीघ्र सुधारात्मक कारवाही कार्यान्वयन भई उक्त अवधिसम्ममा त्यस्तो कारवाही फुकुवा नभएको अवस्थामा नगद लाभांश तथा बोनस सेयर घोषणा गर्न वा वितरण गर्न स्वीकृति नदिने जनाएको छ ।

    “क” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरु तथा “ख” वर्गका इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरका विकास बैंकहरुले नगद लाभांश घोषणा गर्ने प्रयोजनका लागि क्यापिटल एडुकेसी फ्रेमवर्क–२०१५ तथा पुर्वाधार विकास बैंकहरुले नगद लाभांश घोषणा गर्ने प्रयोजनका लागि क्यापिटल एडुकेसी फ्रेमवर्क–२०१६ अनुसार प्रस्तावित नगद लाभांशको रकम घटाएपश्चात सुपरीवेक्षकीय समायोजनसहित कमन इक्विटी टियर वान रेसियोको आधारमा तथा प्रस्तावित नगद लाभांशको रकम घटाए पछि बाँकी रहने सुपरीवेक्षकीय समायोजन पश्चात द्यगााभच सहित तोकिएको न्यूनतम प्राथमिक पुँजी तथा पुँजीकोष वा सोभन्दा बढी कायम गरेमा मात्रै नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिने जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार लाभांश घोषणा तथा वितरणमा सीमा तोकिएको खण्डमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाबाट यस बैंकबाट तोकिएको सीमाभन्दा बढी लाभांश घोषणा तथा वितरण गर्न पाउने छैन ।

    वितरणयोग्य मुनाफा गणना गर्दा कुनै अस्पष्टता नरहोस भन्ने हेतुले यस वर्षको मुनाफामा यस वर्षभन्दा अघिको वर्षहरुबाट संचित रहेको वितरणयोग्य मुनाफालाई जोडेर यस वर्षको लागि कुल वितरणयोग्य मुनाफा गणना गर्न बाधा नपर्ने जनाएको छ ।

    राष्ट्र बैंकले तोके बमोजिम मासिक रुपमा औसत व्याजदर अन्तर कायम गर्न नसक्ने बैंक–वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने छ ।

    बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको मितिले पाँच वर्ष पुगेपछि र सर्वसाधारण सेयर जारी गरेपछि चुक्ता पुँजीको दुई प्रतिशतभन्दा बढी सेयर धारण गर्ने आफ्नोसंस्थापकलेनाममा रहेको सेयर धितोबन्धक राखी कर्जा लिंदा यस बैंकको स्वीकृति नलिएको अवस्थामा त्यस्ता सेयरधनीहरुलाई कर्जा चुक्ता नभएसम्म बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने नगद लाभांश वा बोनस सेयर रोक्का राख्ने जनाएको छ ।

    गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न संस्थाहरुको चुक्ता पुँजीको कुल योगभन्दा गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात कायम हुने संस्थाको चुक्ता पुँजी कम हुने भएमा चुक्ता पूँजीमा फरक हुन आउने रकम (बचत) लाई पुँजीगत जगेडा कोषमा लेखाङ्कन गर्नुपर्ने छ । यस्तो रकमबाट सेयरधनीहरुलाई नगद लाभांश बाँड्न स्वीकृति नदिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij